२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, साउन १९, २०७७    १७:४४:५०

१९ साउन,दमक/ नेपालमा दिनप्रतिदिन नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको छ । पछिल्लो समय सरकारले लक डाउन हटाई सकेपछि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेकाले संक्रमण बढ्दै गएको छ । संक्रमण कम गर्नका लागि एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा बुद्धिमत्ता हो ।

नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गर्नुभएको छ । संक्रमणको अवस्थामा पनि सामान्य दैनिकी जस्तो भिडभाड बढ्न थालेको र सोही कारणले दैनिक संक्रमितको संख्या बढ्दै गएकोले भिडभाड नगर्न र दुरी कायम राख्न आग्रह गर्नुभएको छ । खोक्दा, छुदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भएकोले एक अर्काबीच भौतिक दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपील गर्नुभएको हो । उहाँले कम्तिमा १ मिटरको दूरी कायम हुनुपर्ने, मास्कको प्रयोग र हात धुने बानीले संक्रमण कम सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपील गर्नुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com