२०७७ आश्विन १२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, साउन २४, २०७७    १९:१४:५८

२४ साउन,धरान/धरानमा कोभिड–१९ कोरोना भाइरस संक्रमण लगातार बढ्ने क्रममा छ । शनिवार पनि थप ४ जनामा संक्रमण देखिएको छ । संक्रमण रोकथामका लागि विहीवार देखी गरिएको दोश्रो चरणको लकडाउन थप कठोर बनाउँदै गरेको धरान बासी बताउछन। शनिवार दुधका गाडिहरु पनि तिनकुने प्रवेशद्वार बाटै फकाइएको छ । दुधका गाडिहरु पनि प्रवेशमा रोक लगाएकोले शनिवार विहान धरानमा दुधको हाहाकार बन्यो ।

धरानमा दुधको आपूर्ति विराटनगर स्थित सरकारी दुग्ध वितरण आयोजना, तरहराका साथै झापा, मोरङका दर्जनको संख्यामा रहेका डेयरी उद्योग बाट आपूर्ति हुने गरेको छ । यसैगरी बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी, भरौल क्षेत्रबाट पनि साना डेयरीहरुले मोटरसाइकल र व्यक्तिगत दुध व्यवसायीहरुले आपूर्ति गर्दै आएका छन् । लकडाउनको पहिलो र दोश्रो दिन धरानमा दुधको आपूर्तिमा कुनै रोकावट गरिएको थिएन् ।

धरान–१२ स्थित डिडिसी दुधका डिलर हरिकृष्ण श्रेष्ठका अनुसार लकडाउनको बेला २ अढाई बजे नै दुध ल्याउने गरिएको थियो । शनिवार भने तिनकुने ढाटमा नै रोकेर बजार प्रवेश गर्न नदिएपछि धरानमा दुधको हाहाकार भएको हो । डिडिसी मात्र नभएर कामधेनु, गोरस लगायत सबै दुधका गाडिहरु फकाइएको सम्बद्ध दुधका विक्रेताहरुले बताए । भरौलतिर बाट दुध ल्याएको मोटरसाइकलको प्रहरीले चाबी खोसी दिएको प्रत्यक्षदर्शीले बताए ।

दुधको हाहाकार भएपछि विहान दुधको खोजीमा भौंतारिकएका उपभोक्ताहरुले दुध आपूर्तिमा रोक लगाए लकडाउनमा बालकालिका, वृद्ध बृद्धाहरु पौष्टिक खानेकुरा बाटै बञ्चित हुने गुनसो गरे । उनिहरुले विहान निश्चित समयमा दुधको आपूर्तिका आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । तथापी अति आवश्यकिय वस्तुको आपूर्ति गर्ने नाममा धरानमा प्रवेश  गर्ने सवारी बाट कोरोना संक्रमण भित्रिने जोखिम पनि उत्तिकै रहेको सरोकारवालाहरु बताउँछन् ।

दुधका गाडिहरु फर्काइएपनि धरान बाहिर धनकुटा, तेह्रथुम जाने गाडिहरु लाई भने प्रवेश दिइएको थियो । ती गाडिहरु धरानमा लोडअनलोड गर्दै भन्ने के ग्यारेन्टी छ भन्ने गुनसो दुध विक्रेताहरुले गरेका छन् । यसविच धरानमा दैनिक बढ्दो कोरोना संक्रमणका विच स्थानिय सरकारव्दारा घोषित दोश्रो चरणको लकडाउन सर्वसाधारण बाट राम्ररी पालना भएको पाइएको छ । लकडाउनको पहिलो दिन खासै परिचान नदेखीको प्रहरी तेश्रो दिन देखी भने सकृय भएको पाइएको छ ।

अघिल्लो पटकको लकडाउन भन्दा यसपाली भने प्रहरीको व्यवहार नरम पाइएको सर्वसाधारणले अनुभव गरेका छन् । धरान–१३ का श्यामबहादुर कार्कीले भने ‘यसपाली प्रहरीले पसलेहरु लाई हकार्ने भन्दा सम्झाउने गरेका छन् ।’ प्रहरीले पसलेहरु लाई हामीलाई झुक्याएर खुलागर्दा हामीलाई भन्दा तपाईहरु लाई जोखि बढ्ने हो भन्दै सम्झाएको उनले बताए । धरानमा अहिलेको जोखिम भनेको समुदायमा गएको कोरोना भाइरस बाट जोगिने हो ।

शुक्रवार कोरोना संक्रमण पुष्टि भएको धरान १५ को एक बालकको आमा र हजुरआमामा समेत शनिवार कोरोनाको संक्रमण देखिएको छ । उनिहरू सहित धरानको थप २ जना गरी पछिल्लो पटक ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार उनिहरू सहित धरान–४ अर्को बालक, धरान–१० धर्मपथमा डेरागरी बस्ने एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

अहिले सम्म धरानमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com