२०७७ कार्तिक ११, मंगलबार
Close
अविन मेयाङ्बो सोमबार, साउन २६, २०७७    १६:३९:०४

दमक, २६ साउन । रेडियो झापाको आयोजनामा आज दमकमा कोरोना भाइरसको संक्रमणका विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग, साबुन पानीले हात धुनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने आम नगरवासीमा चेतना फैलाउँदै माक्स वितरण गरिएको थियो ।


दमकको फाल्गुनन्द चोक र गणतन्त्र चोकमा रेडियो झापाले मास्क बितरण तथा कोरना बिषयमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
रेडियो झापाबाट उक्त कार्यक्रमको करिब अढाई घण्टा प्रत्यक्ष प्रशारण भएको थियो । त्यस कार्यक्रममा दमक उधोग बाणिज्य संघले ६ सय थान मास्क उपलब्ध गराएको थियो । सचेतना कार्यक्रममा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकको प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।


कार्यक्रम दमकको गणतन्त्र चोकबाट सुरु भइ फाल्गुनन्द चोकमा गएर समापन भएको थियो । त्यस कार्यक्रममा अटो चालक, ब्यापारी, पैदलयात्री, एव आम जनसाधारणलाई समेत कोरोनाको संक्रमण बारे सजग रहन आह्वान गरिएको थियो ।


सो कार्यक्रममा दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र भट्टराईले कोरोना संक्रमण रोकथामको बिषयमा नगरपालिकाले बनाएका योजना, अहिलेसम्म भइरहेको कामहरु र भाबी योजना साथै कोरोनाको स्थिति दमकमा के छ भन्ने बारे जानकारी दिनुभएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com