२७साउन,दमक/ भोली अर्थात २८ साउनमा दमक नगरपालिकाले नगरभरी सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै राजपत्रमा प्रकाशित सूचना अनुसार भोली राधाकृष्ण रथयात्रा परेकाले सार्वजनिक विदा दिइएको उल्लेख छ ।
दमकमा विगत केही बर्षयात जन्माष्टमी पर्वको भोली पल्ट राधाकृष्ण रथयात्रा निकालिदैं आएको थियो ।
यस बर्ष कोरोना संक्रमणका कारण रथयात्रा निकाल्ने तयारी नभएपनि नगरपालिकाले सार्वजनिक विदा भने दिएको छ ।