२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, साउन २९, २०७७    ८:२७:५०

 

दमक, २९ साउन । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का किटाणुलाई २ मिनेटमै निर्मलिकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डीएसएएम (Netbiokem DSAM) नेपाली बजारमा आइसकेको छ । हिमिगिरी हाइजिन प्रा.लि.ले नेपालमा यसको बिक्री वितरण सुरु गरेको हो ।
उच्च गुणस्तरीय कीटाणुनाशक नेटबियोकेम डीएसएएमको प्रयोग उद्योग, प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेत गर्न सकिने छ । यसलाई स्प्रे गरेर, कपडामा भिजाएर वा फोगिंगको माध्यमले सफाई गर्न सकिने प्रा.लि.ले जनाएको छ ।
यसले कपडा, प्लाष्टिक, धातु, रबर सहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने बताइएको छ । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजाति बिरुद्ध प्रभावकारिता प्रदर्शन गरेकोले नियमित रुपले सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि नेटबियोकेम डीएसएएमको उपयुक्त हुने कम्पनिले जनाएको छ ।
यसको प्रभावकारितालाई ध्यानमा राखि नेपाल र नेपालीको लागि स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा।लि। ले नेटबियोकेम डीएसएएम नेपाल भित्राएको जनाएको छ । यो एरोस्पेश मेडिकल एशोसिएशन, आईएसओ पीजीजी, अष्ट्रेलियाली विश्वासार्ह ट्रेडर लगायतबाट प्रमाण्ति समेत भएको छ ।

याे एरोस्पेश मेडिकल एशोसिएशन, आईएसओ 9001:2015, पीजीजी, अष्ट्रेलियाली विश्वासार्ह ट्रेडर लगायतबाट प्रमाण्ति समेत भएकाे छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com