२०७७ कार्तिक ०३, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, साउन २९, २०७७    ८:२९:०३

२९ साउन,दमक पाइथोगोरस मल्टी-डाइमेसनल सेन्टर दमक-८ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “सुखी नेपाली समृद्ध नेपाल निर्माणमा युवाको भुमिका”भन्ने बिषयमा एक दिने वक्तित्व कला प्रतियोगिता सम्पन्न गरेको संस्थाका संस्थापक विश्व प्रकाश तिम्सिनाले बताउनुभयो।

उक्त शिर्षकमा सहभागीहरुले आफ्नो विचार राखेर भिडियो बनाएर हामीलाई पठाउनु पर्ने नियम थियो जस अनुसार तनहुँ,पथरी,बेलवारी,दमक,पाडाजुगी र बनियानी बाट २० जनाको सहभागिता रहेको उनले बताएका थिए।

उक्त प्रतियोगितामा प्रथम हुन सफल भएकी छिन दिक्ष्या कार्की,दोश्रो समीर अहमद,तेश्रो साइमन खड्का,चौथो पूर्णिमा तिम्सिना,पाचौ अञ्जली दाहाल भएका बिश्व प्रकाश तिम्सिनाले बताए।

प्रतियोगिता जित्नेहरुको लागि भने निम्न अनुसारको पुरस्कार राखिएको थियो।प्रथमलाई पुरस्कार स्वरुप मोबाइल सेट,दोस्रो हुनेलाइ पुरस्कार स्वरुप रु ३०० को रिचार्ज,तेस्रो हुनेलाई पुरस्कार स्वरूप  रु २०० को रिचार्ज, चौथो हुनेलाइ पुरस्कार स्वरुप रु १०० को रिचार्ज र पाँचौ हुनेलाइ  पुरस्कारस्वरुप  रु ५० को रिचार्ज रहेको थियो।यस कार्यक्रममा प्रायोजक भने दमक५ स्थित मौन्दिप मोबाइलले गरेका पनि बताए।

प्रायोजक मौन्दिप मोबाइलका प्रोपाइटर मौन्दिप सिंह थापाले नयाँ मोबाइलहरु किन्दै हुनुहुन्छ भने वा मोबाइलसंग संबंधित केही समस्या भए हामीलाई समझनु होला भन्दै आफ्नो सम्पर्क नम्बर पनि छाडेका ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com