३१ साउन,दमक /दमक उध्योग बाणिज्य संघको आज बसेको आकस्मिक बैठकले एक साताका लागि सम्पुर्ण ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
दमकमा समेत समुदायमै कोरोनाको संक्रमण फैलिएको भन्दै सबै ब्यवसायी तथा समुदायको स्वास्थ्य सुरक्षालाई मध्य नजर गर्दै आज बेलुकी ४ बजेदेखि सबै किसिमको व्यापार ब्यवसाय तथा उध्योग कारखानाहरु बन्द गर्ने निर्णय गरेको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले जानकारी दिए ।
संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता र पुर्व अध्यक्षद्वय प्रकाश प्रसाईं र घनेन्द्र सुब्बाको उपस्थितिमा बसेको संघको कार्यसमितिको बैठकले दमकमा तत्काल कोरोनाको जोखिम बढेको भन्दै अन्य आवतजावत समेत पुर्ण रूपमा बन्द गर्न नगरपालिकालाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।