२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, साउन ३२, २०७७    १६:०६:३३

३२ साउन,दमक/ दमक हस्पिटल एण्ड रिसर्च सेन्टरका ८ जनाकै पीसीआर परिक्षणको रिपोर्ट नगेटिभ आएको हस्पिटल श्रोतले बताएको छ । कोरोना संक्रमित एक सशस्त्र प्रहरी हस्पिटलमा गएको खुलासा भएसँगै कोरोना संक्रमण फैलन सक्ने भन्दै हस्पिटलले सम्पूर्ण सेवा बन्द गरेको थियो ।

हस्पिटलकातर्फबाट पठाइएका सबै जनाको कोरोना परीक्षणको रिपोर्ट नेगटिभए आएसँगै इमर्जेन्सि सेवा खुला गरेको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले जानकारी दिनुभयो ।

हस्पिटलमा संक्रमित आएको खुलेपछि हस्पिटलका कर्मचारीहरुमा त्रास बढेको थियो । रिपोट नेगेटिभ आएपछि एक कर्मचारीले भनिन् अब ढुक्क भइयो । चिन्ता लागेको थियो, पोजेटिभ आयो भने कहाँ लाग्छन भन्ने थियो, अहिले खुसी लागेको छ ।

केहि दिन अघि दमकमा समुदायमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि लकडाउन गरिएको छ । अहिले सम्म दमकका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com