२०७७ कार्तिक ०५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, साउन ३२, २०७७    १६:५९:२९

३२साउन,बुटवल /नेपाल आयल निगममा आइतबार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र भैरहवा स्थित हवाई ईन्न डिपोका १६ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा आइताबर बिहान आएको रिर्पोटमा १० जनामा संक्रमण देखिएको हो ।

परिक्षण रिपोर्ट अनुसार नेपाल आयल निगम भलवारी डिपोका ३ जना, भैरहवा पेट्रोल पम्पका ३ जना र विमानस्थल स्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल आयल निगम भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले गौतमबुद्ध विमानस्थल भैरहवास्थित डिपो शुक्रबारबाट नै शिल गरिएको जानकारी दिए । साथै उनले भलवारी डिपो शिल गर्ने तयारी चलिरहेको बताए । ‘हामी छलफलमा जाँदैं छौं ।’ उनले भने ।

भैरहवास्थित नेपाल आयल निगमको पम्प आइतबार बिहानदेखि नै शिल गरिएको छ । भैरहवास्थित हवाई इन्धन डिपोमा कार्यरत केही कर्मचारीमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि बिहीबार ४ जनाको स्वाब परिक्षण गर्दा संक्रमण भएको पत्ता लागेको थियो ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com