२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, भाद्र ०१, २०७७    १०:१५:२३

०१ भदौ,काठमाडौ/ नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताउनुभएको छ । उहाँले अब आफू पार्टी र देश हाँक्नका लागि तम्तयार भएको समेत बताउनुभयो ।

‘म शेरबहादुरजीलाई सभापतिमा पराजित गर्न सक्छु,’ सिंहले पत्रकार ऋषि धमलासँग भन्नुभयो, ‘अब शेरबहादुरजीको नेतृत्वमा पार्टी चल्दैन, म नेपाली काँग्रेसलाई प्रभावशाली टिम दिनसक्छु ।’

देउवाको विकल्प दिन पार्टी सभापतिमा सबै आकांक्षीहरु मिलेर जानुपर्नेमा सिंहको जोड छ । वर्तमान उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइरालाका अलावा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि मिलेर जाने ठाउँ रहेको बताउनुभयो ।

यस्तै उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिको दाबी प्रस्तुत गरेपछि नेपाली काँग्रेसमा नयाँ हलचल आएको छ । पछिल्लो समय सर्वसम्मत नेतृत्व चयनको कसरतमा लागेका निधिले गत बिहीबार सभापति शेरबहादुर देउवासँग चौधौँ महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव राख्नुभएको थियो । तर देउवाले एक पटक आफै सभापतिमा उठ्ने जवाफ दिएपछि अब निधिले के गर्लान् भन्ने काँग्रेसजनमा आमचासो छ ।

नेतृत्व लिनका लागि संस्थापन इतरपक्षमा आधा दर्जन नेताहरूको संघर्ष चलिरहँदा संस्थापन पक्षमा देउवालाई एकल उम्मेदवार ठानिएको थियो । तर एकाएक निधिले आफू उम्मेदवारका रूपमा अघि बढेको जानकारी गराएपछि अब देउवाको पनि आगामी रणनीति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । तर निधि भने देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैले अभिभावकको भूमिकामा राख्न आन्तरिक लविङ तीव्र बनाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com