२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, भाद्र ०२, २०७७    १४:५९:३६

०२भदौ,काठमाडौ/नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन र उपचारलाई सहज बनाउन काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरेका छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएर भाइरसको संक्रमण फैलिन नदिन र उपचारलाई सहज बनाउन काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरेका हुन्।

नेता थापाले अवागमन पूर्णरुपमा बन्द गर्न र अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु रोकन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

“संक्रमण फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताका लागि काठमाडौंलगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरुमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुहोस्,” ध्यानाकर्षण पत्रमा नेता थापाले भनेका छन्, “जनस्वास्थ्य आपतकालको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्णय र नियम निर्देशिका लगायतका संयन्त्र बनाउनुपर्छ भने तत्काल बनाउनुहोस् । अवागमन पूर्णरुपमा बन्द गर्नुहोस् । अत्यावश्यक सेवाबाहेक सबै रोक्नुहोस् ।”

उनले तोकिएका सीमानाका व्यवस्थित गरी अन्य सीमानाका बन्द गर्न पनि माग गरेका छन् ।   नेता थापाले ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गरिएको अवधिमा सम्भाव्य जोखिमको आँकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायतका सम्पूर्ण तयारी गर्नुपर्ने सुझाव समेत दिएका छन् ।

“दुई हप्ताको अवधिमा पहिलाको जस्तो जनतालाई घरमा राखेर सरकार बालुवाटारमा नसुतोस् । सम्भाव्य जोखिमको आँकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायतका सम्पूर्ण तयारी यसै समयमा गर्नुहोस् । दुई हप्तापछि जनजीवन सहज बनाउन सक्ने गरी गर्नुपर्ने काम यो अवधमिा गर्नुहोस् ।” 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com