२०७७ कार्तिक ०३, सोमबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, भाद्र ०४, २०७७    १४:२७:११

४ भदौ, काठमाडौं । काठमाडौंमा उपत्यकामा निषेधाज्ञा सुरु भएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा धेरै मालबाहक सवारी साधन रोकिएका छन् ।

बुधबार राति १२ बजेपछि निषेधाज्ञा सुरु भएपछि खाद्यान्न, तरकारी, औषधी, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेको सवारी साधन मात्र प्रवेश दिइएको छ । तीबाहेक अन्य सामग्री लिएर आएका गाडीहरु भने नागढुंगामै रोकिएका छन् ।
निषेधाज्ञा सुरु हुनुअघि काठमाडौं उपत्यका प्रवेश गरेर गन्तव्यमा नपुगेका सवारी साधनलाई निषेधाज्ञा सुरु भएपछि प्रहरीले रोकेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले अत्यावश्यकबाहेकका अरु सवारी साधनलाई रोकेको जानकारी दिए । नागढुंगामा रोकिएका सवारी साधनले काठमाडौ प्रवेश विन्दुमा जाम थपेको छ ।

लत्ता कपडा, सिमेन्ट, प्लास्टिकलगायतका सामग्री बोकेर आएका ट्रकहरु रोकिएका छन् । यातायात व्यवसायीले भने गन्तव्यमा हिँडेका ट्रक बाटैमा रोकिँदा समस्या भएको बताएका छन् ।

रातिदेखि जाममा पर्दा र राजमार्गका होटलहरु बन्द हुँदा ट्रकका चालक र सहचालकलाई खानेकुराकै अभाव भएको छ ।

काठमाडौंको प्रशासनले निर्णय गर्दा बिराटनगर, वीरगञ्ज, भैरहवा लगायतका क्षेत्रमा लोड भइसकेका गाडीहरु काठमाडौं आउँदा नागढुंगामा रोक्नु न्यायोचित नहुने नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

‘सिमेन्ट, छड र अन्य विभिन्न दैनिक उपभोग्य वस्तु बोकेका ट्रकहरु रोकियो,’ उनले भने, ‘यसले गर्दा सवारी चालकहरु भोकै सडकमा बस्नु परेको छ, तुरुन्तै ती ट्रकहरु आएर सामान खन्याएर फर्किन पाउनुपर्छ ।’

उनले यसबारे आपूर्ति मन्त्रालयका सचिवलाई जानकारी गराएको र उनले गृहसचिवसँग कुरा गरेर समस्या समाधान गर्ने आश्वासन दिएको श्रेष्ठले बताए ।

‘सिमेन्टलगायतका सम्वेदनशील वस्तु बोकेका ट्रकहरु लामो सयम रोक्दा त्यसबाट क्षति हुन्छ,’ उनले भने, ‘भित्रिने सवारी चालक तथा सहचालकले सचेतना अपनाउने गरी निकास निकाल्नै पर्छ ।’

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com