२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, भाद्र ०६, २०७७    १७:२३:२१

लेखक:लक्ष्मी शरण अधिकारी

अहिले विश्वव्यापी महामारी काेराेनाले सारा विश्व आक्रान्त बनेको छ । विश्वकाे अर्थतन्त्र धराशायी हुने अवस्थामा पुगेको छ भने शिक्षा क्षेत्रमा त झनै असर पुगेको छ ।

समृद्ध र सम्पन्न मुलुकमा हरेक प्रविधिकाे प्रयाेग, दूरशिक्षा अादिबाट शिक्षालाई निरन्तरता दिनु अनाैठाे कुरो हाेइन तर हाम्रो जस्तो अल्पविकसित राष्ट्रका अाधा जसाे विद्यार्थी गरिबीको रेखामुनि वा दुर्गम गाउँका रहेका हुँदा दूरशिक्षा प्रभावकारी हुने देखिँदैन ।

कक्षा एकदेखि दशसम्मका विद्यार्थीकाे मात्रै कुरा गर्ने हाे भने पनि एउटै परिवारका दुईदेखि तीन र कतै कतै त चारजनासम्म विद्यार्थी रहेका छन् भने ती सबै अलगअलग कक्षामा अध्ययनरत छन् । दुई छाक खान त मजदुरी गर्नुपर्ने परिवारले प्रत्येकका लागि अगलअलग माेबाइल दिन सक्ने र नेट जडान गर्न सक्ने कुरै भएन ।

कतिपय गाउँका विद्यार्थीहरु सहरमा अाएर पढ्दै हुन्छन् जहाँ इन्टरनेटकाे पहुँच हुँदैन त्यसैले दूरशिक्षा प्रभावकारी हुँदैन । याे विषम परिस्थितिमा विद्यालय सञ्चालन गर्ने कुनै सम्भावना नै छैन । यस्तो अवस्थामा शैक्षिकसत्र नै त्यत्तिकै छाड्ने हाे भने देशमा अझ बेरोजगारी बढ्ने, धेरै बालबालिका कुलतमा फस्ने र हजारौंको स्वास्थ्य बिग्रने, दसौं हजार पुनः स्कुलमा भर्ना नहुने र फलस्वरूप हजारौं अभिभावक सन्तानको भविष्य साेच्दा साेच्दै मानसिक राेगकाे सिकार बन्ने हुनसक्छ । तसर्थ यसकाे उचित विकल्प खाेजिनुपर्छ ।

काेराेना महामारीका बीच कसरी पढाइलाई निरन्तरता दिने त ? देश संघीयतामा गइसकेको हुँदा संक्रमित नपाइएका क्षेत्रमा पूर्णरूपमा पालिकाबाहिर अावतजावत बन्द गरेर विद्यालय सञ्चालन ल्याउन सकिन्छ । त्यस्तै बाहिरका मानिसको अावतजावत कम हुने ग्रामीण भेगमा पूर्णरूपमा बाहिरका मानिसको अावागमन ठप्प बनाई विद्यालय सञ्चालनमा ल्याउन सकिन्छ । उक्त भेगका विद्यार्थी बाहिर अन्य विद्यालयमा पढ्दै थिए भने कुनै माध्यमबाट विद्यार्थीका अभिभावकले पुस्तक खाेजेर वा छरछिमेकका साथीहरूसँग मिलेर खाेजेर सरकारी विद्यालयमा पढ्न सकिन्छ ।

जाेखिमयुक्त सहरी क्षेत्रमा दूरशिक्षाकाे कुनै विकल्प छैन तर सबै घरमा इन्टरनेटकाे सुविधा नहुने र सबै बालबालिकासमक्ष उपकरण पनि नहुने भएको हुनाले छिमेकमा भएका अाफ्नाे कक्षा मिल्दो साथीसँग मिलेर पढ्न सकिन्छ । इन्टरनेटकाे पहुँच नपुगेका स्थानमा जनप्रतिनिधिले अाफ्नाे सुविधाको रकम कटाएर भएपनि खुला सार्वजनिक स्थलमा नेट जडान गरिदिनुपर्छ भने त्यस ठाउँमा व्यक्तिगत दूरी कायम राख्न र विद्यार्थीले पढाइ छाडेर अन्यत्र ध्यान नलगाउन् भनेर अभिभावकले नियमित तालिका बनाई एकजना व्यक्ति निरीक्षक राख्न सकिन्छ । एक शैक्षिकसत्र नै खेर जान दिने हाे भने अपूरणीय क्षति हुन्छ । जसकाे असर अहिलेकाे पुस्ताले मात्रै नभएर अाउँदाे पुस्ताले समेत भाेग्नुपर्ने हुन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com