२०७७ कार्तिक ११, मंगलबार
Close
अविन मेयाङ्बो आइतबार, भाद्र ०७, २०७७    १०:४९:५६

०७भदौ, काठमाण्डौ /( कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै सङ्क्रमितलाई मात्र होइन, उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहार बढ्न थालेको छ । स्वास्थ्यकर्मीमाथि समाजले गर्ने दुर्व्यवहार बढेपछि स्वास्थ्य मन्त्रालयलाई उनीहरुको सुरक्षा र राख्ने ठाउँको समस्या हुन थालेको छ ।

कोरोना सङ्क्रमितसँग स्वास्थ्यकर्मीको प्रत्यक्ष भेटघाट हुने र यसले कोरोना सर्न सक्ने भ्रमका कारण उनीहरुमाथि लाञ्छना लगाउने र दुर्व्यवहार गर्ने घटना बढेको हो । केही दिनअघि कोेरोना सङ्क्रमित चितवनका एक जना डाक्टरको घरमा ‘यो सङ्क्रमितको घर हो’ भन्दै स्थानीय बासिन्दा ब्यानर टाँस्न पुगेका थिए । पछि डाक्टरले नै सम्झाइबुझाइ गरेपछि उनीहरुले त्यो गल्ती गरेनन् । फर्किए ।

अहिले सङ्क्रमित ती डाक्टरको परीक्षण रिपोर्ट नेगेटिभ आइसकेको छ । होम आइसोलेशनमा नै बसेका उहाँ कोरोना मुक्त भइसक्नुभयो । चितवनमा डाक्टरलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै काठमाण्डौको बानेश्वरमा डाक्टर र अरु स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ गरिएको घटना सार्वजनिक भएको छ । बानेश्वरको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरूलाई राखिएको होस्टल स्थानीय बासिन्दाले घेराउ गरेका हुन् ।

स्थानीय बासिन्दाले स्वास्थ्यकर्मी कोरोनाको सङ्क्रमणको स्रोत हुने भन्दै आफ्नो घर र घर वरिपरि प्रवेशमा नै रोक लगाउन थालेका छन् । ‘दिनरात उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि यति तुच्छ व्यवहार गरिन्छ कि त्यो देखेर र भन्ने कुनै शब्द नै छैन’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारी प्रश्न गर्नुहुन्छ, ‘स्वास्थ्यकर्मीमाथि समाज यति धेरै क्रुर किन र।

बिरामीको ज्यान बचाउने डाक्टरलाई धेरैले भगवान पनि भन्छन् । तर कोरोना कहर बढेसँगै भगवानको रुपमा हेरिँदै आएका स्वास्थ्यकर्मीलाई हेर्ने धेरैको आँखा बदलिएको छ । दिनरात उपचारमा आफ्नो स्वास्थ्यलाई दाउमा रोखेर उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समाजले शत्रु जस्तो व्यवहार गर्न थालेको छ । एक पटक सोचौँ त, समाजको यो व्यवहारले स्वास्थ्यकर्मीलाई कस्तो चोट पुगेको होला ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com