२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, भाद्र ०९, २०७७    १७:२३:४०

९भदौ,विराटनगर–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमित र अन्य विरामीलाई छुट्टा छुट्टै उपचारका प्रवन्ध गर्न निर्देशन दिएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारबारे जनस्तरबाट गुनासो आएपछि मुख्यमन्त्री राईले पदाधिकारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर गुनासो नआउने गरि उपचारको प्रवन्ध मिलाउन निर्देशन दिएका छन् । उनले ५ सय क्षमताको आइसोलेशन बेड तयार पार्न र कोभिड अस्पताललाई दुई सय बेड क्षमताको यथाशिघ्र बनाउन भनेका छन् ।

मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन दिएका हुन । उनलेले विरामीहरुको राम्रो उपचार गराउन र आएका विरामीहरुलाई नफर्काउन समेत पदाधिकारीहरुलाई निर्देशन दिए ।

तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिदै आवश्यक समन्वय गर्नका लागि संयन्त्र निर्माण गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरुले आवश्यक कामहरु थाल्ने जानकारी गराएका थिए ।

छलफलमा वीपीका पदाधिकारीहरुले प्रतिष्ठानको बारेमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com