२०७७ कार्तिक ०५, बुधबार
Close
अविन मेयाङ्बो मंगलबार, भाद्र ०९, २०७७    १८:३१:०६

वीरगञ्जको सामुदायिक रेडियो नारायणी एफएमलाई सङ्क्रमित सञ्चारकर्मीले सञ्चालन गरिरहेका छन् । रेडियोलाई आइसोलेशन सेन्टरको रुपमा रुपान्तरण गरेर रेडियो सञ्चालन गरिएको हो ।

सामुदायिक रेडियो नारायणी एफएम १०३ दशमलव ८ मेगाहर्जका सञ्चारकर्मी, कर्मचारीहरुमा कोरोना सङ्क्रमण देखिएपछि एफएम स्टेशनलाई नै आइसोलेशन बनाएर प्रसारणलाई निरन्तरता दिइएको हो ।

कार्यक्षेत्रमा खटेको अवस्थामा रेडियोका स्टेशन प्रमुखसहित सात जना रेडियोकर्मी सङ्क्रमित भएका थिए । सङ्क्रमित सबै पुरुष रहेका छन् । सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मी एफएम कार्यालयमा बनाइएको आइसोलेशनमा बसेका छन् ।

कोभिड अस्पतालले सङ्क्रमित सञ्चारकर्मीलाई लैजाने तयारी गरेको थियो । ुरेडियो बन्द हुने अवस्था थियो तर साथीहरुले लक्षण नदेखिएकोले अस्पताल नजाने, कार्यलयमै बस्ने र रेडियो सञ्चालनको निर्णय लिनुभयो । केही दिनअघि रिपोर्ट नेगेटिभ आएका साथीहरु पनि क्वरेण्टीनमा बस्नुपर्ने अवस्था आयो । यस्तो रेडियो सञ्चालन सम्भव थिएनु, एफएमका कार्यकारी अध्यक्षले भन्नुभयो ।

सङ्क्रमित भएका साथीहरुको निर्णयले अहिले रेडियो प्रसारण नियमित रहेको उहाँले बताउनुभयो । एफएमको आइसोलेशनमा खाना, नास्ता र औषधिको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

दुई जना प्राविधिक, एक जना लेखा तथा प्रशासन प्रमुख, कार्यालय सहयोगी र यादवसहितको टोली अहिले एफएम आइसोलेशनमा बसेर रेडियो सञ्चालन गरिरहेका छन् । सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु कसैमा पनि लक्षण देखिएको छैन । एफएममा आउजाउ बन्द गरिएको छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com