२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, भाद्र ११, २०७७    १०:३४:४८

११ भदौ, झापा । सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले गौहत्याको अभियोगमा पक्राउ परेका दुई जना अभियुक्तलाई छाडेको छ ।

झापा गाउँपालिका–३, कटुवामारीमा गोरु काटेको अभियोगमा दुई जनालाई पक्राउ गरेर जिल्ला सदरमुकामतर्फ लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा नेपाल प्रहरी/सशस्त्र प्रहरी र स्थानीयबीच झडप हुँदा स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो ।

घटनापछि प्रहरीले पक्राउ परेका स्थानीय ५२ वर्षीय अब्दुल सलाम र ५२ वर्षीय ताजबुल हकलाई प्रहरीले छाडेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार दुवै जनालाई झापा गाउँपालिकाको रोहबरमा छाडिएको हो ।

‘स्थितिलाई मथ्थर बनाउन र शान्ति सुरक्षा कायम गर्नका लागि छाडिएको हो’, थापाले बताए। झापा गाउँपलिका वडा नं. २ का वडाध्यक्ष मोतिलाल गणेशका अनुसार अहिले घटनाबारे स्थानीय जनप्रतिनिधि, पीडित पक्ष, प्रहरी र प्रशासनबीच छलफल गर्ने तयारी भइरहेको छ ।

उनले भने, ‘मृतकलाई शहीद घोषणा गर्नुपर्ने, प्रहरी निरीक्षकलाई कारबाही गर्नुपर्ने जस्ता माग पीडित पक्षले राख्नु भएको छ । त्यसविषयमा छलफल हुन्छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com