२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, भाद्र १२, २०७७    १८:३५:०५

१२भदौ,झापा/ आज झापाको कनकाइ नगरपालिकामा जसपाको समायोजन कार्यक्रम अन्तर्गत तदर्थ समिती गठन कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रममा पुर्ब समाजबादी पार्टी,पुर्ब राजपा र पुर्ब नया शक्तिका र उनिहरु निकट भ्रातृसंगठनका नेता/कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

कनकाइ न.पा तदर्थ समितिको नव निर्वाचि अध्यक्ष रत्न श्रेष्ठ ,उपाध्यक्ष भरत राजबंशी,सचिब केशर खड्का सहित १० सदस्य समिति निर्वाचित भएको रोशन लिम्बुले बताए।

कार्यक्रममा बोल्दै पुर्ब राजपा निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघ प्रदेश न.०१ अध्यक्ष रोशन लिम्बुले देशको अबको एक मात्र बैकल्पिक शक्ति जसपा रहेको र अब बन्ने यस समितिले पार्टीको बिधि र बिधान अनुरुप कार्य गर्नु पर्ने पनि बताउनु भयो ।त्यसतै उनले निर्वाचित समितिका नेताहरूलाई बधाई तथा शुभकामना पनि दिएका थिए।

त्यसतै कार्यक्रममा बोल्दै पुर्ब समाजबादीका जिल्ला अध्यक्ष दिपेन बाला राइले अब बन्ने समिति चाहिँ जनताको घर दैलोमा पुगेर पार्टीको बारे प्रचारप्रसार गरेर पार्टीलाई मजबुत बनाउन समेत लागि पर्न उनले निर्देशन दिए साथै उपस्थित समपुर्ण लाइ र बन्ने नया समितीलाई समेत धन्यवाद पनि ज्ञापन गरेका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com