१३भदौ,दमक/झापाको दमकमा थप १६ जनामा कोरोना भाईरस पुष्टि भएको । प्रदेश १ सामाजिक बिकास मन्त्रालयका अनुसार दमकका ७ महिला ९ पुरुषमा कोरोना पुष्टि भएको हो ।
यो सँगै दमकमा कुल संक्रमितको संख्या ९७ पुगेको छ । यस्तै झापा गाउँपालिकामा १ महिला २ पुरुषमा कोरोना देखिएको छ ।
आज झापाका जम्मा १९ जनामा कोरोना देखिएको हो । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा समान १९जना, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।