१८ भदौ, काठमाडौ/बिहीबारदेखि थपिएको निषेधाज्ञामा केही क्षेत्र खुकुलो बनाइएको छ । अब खाद्यवस्तु, दूध र दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री(वितरण गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि ९ बजेसम्म मात्रै खोल्न पाउने व्यवस्था थियो ।
त्यस्तै अब होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने भएको छ । तर, त्यसका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य चाहिन्छ । रेस्टुरेन्टको टेक वे र अनलाइन डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने भएको छ । विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय र त्यसको ढुवानीमा प्रयोग हुने गाडी दिउँसो दुई बजेदेखि बेलुका नौ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सबै काममा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निर्देशन दिएको छ।