२०७७ कार्तिक ११, मंगलबार
Close
अविन मेयाङ्बो बिहिबार, भाद्र १८, २०७७    ११:४०:३६

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका(७ बाट बुधबार अपरान्ह जुवाको खालबाट करिव तीन लाख नहदसहित १२ जना पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालय पथरीको डीएसपी दिलिपकुमार गिरीको टोलिले जुवा खेलाडी टोलि पक्राउ गरेको हो । जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा चारबिगे भन्ने ठाउँमा किशोर लुईटेलको घरबाट तास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका(१ को ३६ बर्षिय बिमल गुरुङ, वडा नम्बर(३ को ३७ बर्षका कृष्ण लिम्बू, ११ का २८ बर्षिय श्याम लिम्बू, ५२ बर्षको चन्द्र लिम्बू, लेटाङ(५ का ३१ समिर तामाङ रहेका छन ।त्यसैगरी झापा बिर्तामोड(३ का ३२ बर्षका लक्ष्मीकुमार तामाङ, ५ को संञ्जिव घतानी, झापा हल्दिवारी गाउँपालिका(५ को तारा कुमार जोगी, बुद्दशान्ति(४ को मनिस लिम्बू, सुनसरी धरान उपमहानगर(१६ बस्ने बर्ष ३९ को रुपजंग लिम्बू, ३ को किरण उदास, इटहरी(२० बस्ने बर्ष २४ को राजन पौडेल पक्राउ परेको डीएसपी दिलिप गिरीले बताए ।जुवाको खालबाट दुई लाख ८९ हजार ५३१ नगद र चार बुक तास समेत बरामद गरीएकोप्रहरीले जनाएको छ ।

पथरी बजारमा यश अघि पनि ब्यपारी, राजनीतिज्ञ यथा ट्याक्सी ड्राइभर यसैगरी तास खेलिरहेको अवस्थामा पक्राउ परेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com