२०७७ कार्तिक ०३, सोमबार
Close
अविन मेयाङ्बो बुधबार, भाद्र २४, २०७७    १४:१९:३७

गत सोमबार बिहान धरान उपमहानगरपालिका–११ स्थित घरको कोठामा २२ वर्षीया सोनी हाङ्मा लिम्बु मृत फेला परिन् । सोनीको घर पटिका आफन्तले उनले आत्महत्या गरेको बताएका छन् तर सोनीका साथीहरु र माईती पक्षले भने आत्महत्या नभई सोनीको हत्या भएको दाबी गरेपछि घटनाले नयाँ मोड लिएको छ ।

माइती पक्षले मङ्गलबार सोनी मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । तर प्रहरीले छानबिन नथालेको सोनीका काका टेकराज तिगेलाको भनाई छ ।

काका टेकराजका अनुसार सोनीको मृत्यु भएपछि पनि घरपटिबाट माईती पक्षलाई जानकारी गराइएको थिएन । सिङ्गापुरबाट आफन्तले खबर गरेपछि मात्र जानकारी पाएको उनले बताए । उनले ब्लाष्टसँग भने, ‘सुचना ढिलो पाईयो । त्यसैले यहाँ आउँदा पनि ढिलो भयो । ढोका खोलेर छोरीको शव हेर्दा ओछ्यानमा सुताइएको थियो । सबै कुरा हेर्दा आत्महत्या जस्तो लागेन ।’

उनका अनुसार घरपटिका आफन्तले ढोका खोलेर हेर्दा सोनी झुन्डिएको देखेपछि हतार हतार तल झार्दा तातै थियो तर झारिसकेपछि चिसो भएको बताएका थिए । टेकराज भन्छन्,‘झुन्डिएको ठाउँबाट झारिएको हो भने किन तुरुन्तै हस्पिटल लगिएन ? आफैं मरेको घोषणा गर्ने कि अस्पताल पुर्याउँने ? त्यहिंबाट हामीलाई शंका लाग्यो । ’

उनका अनुसार परिवारले सुरुमा डोरी काटेर झारेको बताएका थिए तर उनी झुन्डिएको भनिएको सल काटिएको थिएन । सलको बाँधिएको भाग फुकाइएको पनि थिएन । ‘हामीले नाच्दा बाँधिएको भाग १८ इन्चको गोलाई छ । तर त्यतिमा टाउको अट्दैन । झुन्डि मर्नेको आँखाबाट आँशु, र्याल सिंगान वा दिशा पिसाव निस्किन्छ भन्छन्, त्यो पनि देखिएन ।’ टेकराज भन्छन्,‘झुन्डिने मान्छेको घाँटीमा यु आकारको डाम बन्छ रे तर सोनीको घाँटीमा गोलो घेराको दाग छ ।’

सोनीको हत्या भएको आशंका लागेपछि माइती पक्षले मुचुल्कामा समेत सही गर्न मानेन । घटनाको यथार्थ छानबिन नभएसम्म शव नउठाउने माइती पक्षको अडान थियो । त्यसपछि प्रहरीले शव उठाएर लगेको थियो । काका टेकराज भन्छन्,‘हामीले जनप्रतिनिधि, स्थानीयवासी, मानवअधिकारकर्मी, पत्रकार सबैको रोहबरमा मुचुल्का गरौं अनि सही गर्छौं भनेका थियौं तर प्रहरीले त्यसो नगरेपछि हामीले सही गरेनौं । हाम्रो रोहबर बिना शव उठाईयो, यसमा हाम्रो आपत्ती छ ।’
प्रहरीको व्यवहारबाट समेत असन्तुष्ट बनेका माइती पक्षले बुधबार विहान छथरे समाजमा छलफल गरी तुरुन्तै छानबिन नथाले आन्दोलनमा उत्रिने निर्णय गरेको काका टेकराजले बताए । प्रहरीले भने घटनाको सत्य तथ्य छानबिन हुने बताएको छ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com