२०७७ कार्तिक ०३, सोमबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, भाद्र ३०, २०७७    २१:२२:४५

३०भदौ,काठमाडौ/ बिरामी द्वय नरबहादुर र सन्तोष पालुङ्वा को बचाउ अभियान अन्तर्गत  सम्पुर्ण अभियानकर्मी र बंशवली संस्था फुरुम्बो पालुङ्वा बंश प्रतिस्ठानको पहलमा विषम परिस्थितिको बाबजुद पनि सबैको हातेमालो बाट रु १५,४४,१०४.(अक्षरि पन्द्र लाख चवालीस हजार एकसय चार रुपैया )सहयोग  सङ्कलन गर्न सफल भए साथै उक्त रकम अभियान कर्मिको तर्फबाट कुनै पनि शिर्षकमा एकैरुपैया खर्च नगरीकन बिरामी द्वयलाइ हस्तान्तरण गरिएको अभियानकर्मी बिरेन्द्र पालुङ्वाले बताउनु भयो।

उहाहरुको आर्थिक स्थिति पनि अत्यन्तै नाजुक भएको र उहाहरुको लागि जीवन बचाउ अभियान पनि केही समय यता संचलान भइ अहिले भने संकलित रकम हस्तान्तरण समेत गरिसकिएको अभियानकर्मी बिरेन्द्र पालुङ्वाले बताउनु भयो।

उहाहरु ताप्लेजुङ जिल्ला फुङ्लिङ न.पावडा न.०३ सिम्ले स्थायी घर भइ हाल बालुवा खानी काठमाडौमा अस्थायी रूपमा बसोवास गर्दै आउनु भएका नर ब पालुङ्वा दुवै मिर्गौला फेल भएको त्यसै गरी ताप्लेजुङ जिल्ला फुङलिङ न.पा वडा न.८ दोखु स्थायी घर भइ हाल काठमाडौको जैसि देबलमा अस्थायी बसोबास गर्दै आउनु भएका सन्तोष पालुङ्वाको टाउकोमा रगत जमिएर प्यारालाइसिस अवस्थामा रहेको अभियान कर्मीले बताउन भयो।

यस कार्यमा प्रतक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने अभियन्ता दाजुभाइ तथा दिदिबहिनी शुभेच्छुक इष्टमित्रहरू सम्पूर्णलाई बिरामी द्वयले धन्यवाद दिएका थिए साथै फुरुम्बो पालुङ्वा बंश प्रतिस्ठानले पनि सम्पुर्ण तर्फबाट अभियानकर्मीहरुलाइ उच्च सम्मानका साथ मुरि मुरि धन्यवाद दिएका थिए। 

बिरामी द्वयको सफल उपचार भइ सिघ्र स्वास्थ लाभको कामना हाम्रो तर्फ(रेडियो झाप)बाट पनि गर्दछौ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com