२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, आश्विन ०३, २०७७    २१:१०:२२

०३असोज,जनकपुर/मधेस आन्दोलन कारीको एक समुहले पहिलो पटक  दिप प्रज्वलन गरी संविधान दिवसन मनाएको छ । असोज  ३ नेपालको संविधान २०७२ जारी भएको दिनको स्मरणमा जनकपुरधामको जानकी चोकमा यूवाहरुले झण्डा तोलन सहित दिप प्रज्वलन लगायतका कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् ।

५ वर्षपछि यूवाहरुले सार्वजनिक रुपमा सार्वजनिक स्थलमा कालो दिवसको विरोध गर्दै औपचारिकरुपमै प्रदेश सरकार र जसपा नेपाललाई चुनौती दिँदै संविधान दिवस मनाएको छन् । मधेसकेन्द्रित दलहरूले असोज ३ लाई कालो दिवसको रुपमा मनाइरहदाँ मधेसी यूवाहरुले भने कालो दिवसको विरोध गर्दै संविधान दिवस मनाए ।

जनता समाजवादी पार्टी नेपालका युवा नेता सुशील कर्णको अगुवाइमा संविधान दिवस कार्यक्रम मनाइएका हुन् । युवा नेता सुशील कर्णले संविधानमा केहि त्रुटी रहेको तर जसरी सत्तामा बसेर प्रदेश नम्बर २ को सरकारले सोही संविधानलाई टेकेर सत्तामा रहेर संविधानको विरुद्धमा बोल्नु लज्जास्पद कुरा रहेको बताए ।

उनले स्पष्ट पार्दै भने, ‘संविधानको विभिन्न धारा टेकेर प्रदेशको सत्तामा पुगेको जसपा नेपालले जनतालाई भ्रममा राख्दै ठग्ने गरेकाले हामीले सो कार्यको विरोध गरेका हौँ ।’ भ्रष्ट, नौटंकी र लासको राजनीतिविरुद्ध आफूहरूले संविधान दिवस मनाएको  युवा अभियन्ता किसन मण्डलले बताए ।

युवा अभियान्ता मण्डलले भने, ‘मधेश र मधेशीको नाममा सत्ताको राजनीति गर्नेहरू छताछुल्ल भइसकेका छन् । ३ सय ६४ दिन संविधान मन पराउने, तर एकदिन मात्रै मन नपराउने, जनताले द्वैध चरित्र बुझिसकेका छन् । ‘

अर्को तर्फ जसपा नेपालले प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको अगुवाइमा विरोध सभा कार्यक्रम मनाइएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com