२०७७ कार्तिक ०५, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, आश्विन ०९, २०७७    १४:१२:२१

९असोज,सुस्ता/ नवलपरासी पूर्वको सुस्तामा एक सय घर डुबानमा परेका छन् । तीन दिनदेखि परेको पानीले निकास नपाउँदा सुस्ताको थारु टोलाका एक सय घर डुबानमा परेका हुन् ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले दिएको जानकारीअनुसार थारु टोलामा नारायणी नदीको बाढी पसेको हो ।
बाढीले सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र सुस्ता प्रहरी चौकीको केही भाग पनि डुबेको जय सवालले जानकारी दिए ।

थारु टोलाका अधिकांश घरमा ३ फिटसम्म पानी जमेको छ भने घरमा राखिएको अन्नपात भिजेको छ । शुक्रबार बिहानदेखि वर्षा रोकिएका ले पानीको सतह भने केही घट्दै गएको छ ।

नेपाली भूभाग हुँदै सुस्तामा पुग्न नारायणी नदीमा डुंगा तरेर जानपर्ने बाध्यता छ । नारायणीमा पानीको बहाव ४ लाख क्यूसेक प्रति सेकेन्ड भन्दा बढी भएकाले डुंगामा यात्रा गर्नु जोखिम पूर्ण छ । त्रिवेणीस्थित गण्डक (ब्यारेज) पुल हुँदै जान भारतीय सुरक्षाकर्मीले अवरोध गर्ने र लामो बाटो पनि पर्दछ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com