२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, आश्विन १०, २०७७    १९:३०:४८

१०असोज,धरान/ बझाङ जिल्ला मष्टा गाउँपालिकामा वडा न.२ बस्ने बिजुली कामीको छोरी सम्झना कामीको(०७ असोज घरबाट गोठ जाने क्रममा) बुधबार बेलुका हराएकि एकासी बलात्कार पछि हत्या गरि मन्दिरमा फालिएको अवस्थामा भेटिएको घटनालाइ लिएर सामाजिक संजाल तातिरहेको बेला यस घटना प्रती राष्ट्रिय जनमुक्ति पार्टीको भ्रातृसंगठन  नेपाल बिद्यार्थी मोर्चाले बिरोध जनाएको छ।

महासचिव प्रदीप नेयोङले हस्ताक्षरित जारी बिज्ञापति जस्ताको त्यस्तै:-

                     विज्ञप्ति
सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. २ वस्ने विजुली कामीको छोरी सम्झना कामीलाई बलत्कार पछि हत्या गरि मन्दिरमा फालिएको घटना प्रति नेपाल विद्यार्थी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

वर्तमान सरकारले अपराधीहरुलाई कानुनी सुरक्षा कानुनी सुरक्षा दिने गरेको कारण देशभर हत्या, हिंसा, बलत्कार जस्तो जघन्य अपराधीक गतिविधिहरु दिनानुदिन बढ्दै गएको छ ।

ब्रम्हणवादबाट पिल्साईएका कथितरुपमा दलित भनिएका समुदाय माथि सरकारको मनोविज्ञान कहिल्यै परिवर्तन भएन  बरु यसप्रकारको घटना घटाउन समाज भड्काउने तर्फ अग्रसर भएको देखिएको कारण यसबारे सरकारलाई ध्यानाकर्षण गराउदछौ।

अतः बालिका सम्झना कामीलाई बलत्कार गरि हत्या गर्ने अपराधीलाई तत्काल पक्राउ गरि सत्यतथ्य छानविन गरि कानुनी कठघरामा उभ्याई कडा भन्दा कडा सजाय दिन जोडदार माग गर्दछौं । साथै पिडित परिवारलाई उचित न्याय तथा क्षतिपुर्तिको ब्यवस्था गर्न समेत माग गर्दछौं ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com