२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, आश्विन १५, २०७७    १७:०६:०१

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा जोड दिनुभएको छ । विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीमा सञ्चालित सूचना प्रविधि संवन्धि अनलाईन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको बताउँदै उहाँले भन्नुभयो, शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवस्यक छ ।’ डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० बर्षभित्रमा प्रदेशबाट किताव र झोला मुक्त गरिने लक्ष्यअनुसार काम भईरहेको बताउनुभयो । कोरोनाका कारण १० बर्षभित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उहाँले बताउनुभयो । कोरोनाका कारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उहाँले किताव र झोलामुक्त प्रदेश चाँडै हुने दावी गर्नुभयो । पहिलो चरणमा ६ बटा स्थानीयतहका ६ सय शिक्षकलाई तालिम शुरु गरिए पनि दसैं अगावै ३० वटा स्थानीयतहका ३ हजार शिक्षकलाई सूचनाप्रविधि संवन्धितालिमदिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचना प्रविधिको तालिम लिईसकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उहाँले बताउनुभयो । समाज प्रविधिप्रति आकर्षित बन्दै गएको मन्त्रि घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्य हुने छ ।’ सामाजिक विकास मन्त्री घिमिरेले आगामी दिनमा कठोर लकडाउनको अवस्था नभएकाले कोरोनासँग जुध्दै अघि बढ्नुपर्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमायागजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले प्रविधि अनलाईन तालिमले शिक्षक सिकाईमा महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com