२०७७ कार्तिक ११, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, आश्विन १८, २०७७    ८:३१:२५

काठमाडौं, १८ असोज । दुवै मिर्गौला फेल भएकी दमक नगरपालिका वडा नम्बर–०५ झापा स्थायी घर भएकी पदम कुमारी बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ हुने भएको छ । पदम कुमारी बेघा बचाउ अभियान र युथ ग्रुप नेपाल प्रा.ली.को आयोजनामा उक्त संगीत यात्रा देशका मुख्य–मुख्य शहरमा सञ्चालन गरिने जनाईएको छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दुवै मिर्गौला फेल भएकी बेघाको उपचारमा सहयोगको लागि आयोजक संस्थाहरूले अपिलसमेत गरेका छन् । पीडित बेघाका छोरा अविन मेन्याङ्बोले दिएको जानकारीअनुसार हालसम्म आमाको उपचारको लागि झापाका लायन्स क्लबहरुले ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै युथ ग्रुप नेपाल प्रा.ली.का प्रवन्ध निर्देशक अशोक क्षेत्रीले बेघाको उपचारको लागि अपिल गरे र क्षेत्रीले आफूहरुले उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नै संगीत यात्रा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । उनले भने,‘यो कार्यक्रममार्फत जुट्ने सबै रकम उहाँको उपचारमा खर्च गर्छौं ।’

त्यस्तै, गायक राज लावुङले बेघाको उपचारको लागि आफूले गीत तथा संगीतसम्बन्धी सम्पूर्ण संघ÷संस्थाहरुलाई अपिल गर्ने र आफू सांगीतिक यात्रा अवधिभर साथै रहनेपनि विश्वास दिलाए । कार्यक्रमको सञ्चालन भने अविन मेन्याङ्बोले गरेका थिए । मिर्गौला पीडित बेघाका एकमात्र छोरा छन् । उनी पछिल्लो दुई वर्षदेखि किड्नीको समस्यामा झेल्दै आएकी छिन् ।

पदम कुमारी बेघा बचाउ अभियान अन्तर्गत
जीवनको लागि संगित यात्रा–२०७७
अपिल

मितिः २०७७।०६।१७

आदरणीय मनकारी महानुभावहरु,
विगत लामो समयदेखि पाँचथर जिल्ला हाल याङवरक गा.पा. फलैंचा निवासी वल राज बेघाको साइली छोरी, ताप्लेजुङ थेचम्बु निवासी दल वा. मेन्याङ्गबोको जेठो सुपुत्र बुधराज मेन्याङ्गवो (रमेश) को श्रीमती र हाल दमक वडा नं. ०५ निवासी संचारकर्मी अविन मेन्याङ्गवोको आमा वर्ष ५९ का श्री पदम कुमार बेघा (मेन्याङ्गवो) विगत ५ वर्ष यता सुगर, पे्रसर र थाइराइड र २ वर्ष यता मृगौलाको समस्याले ग्रसीत भई नोबेल अस्पताल विराटनगरमा उपचार गर्दै जाँदा घरको स्थिती समेत नाजुक भएको र अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा उक्त प्रत्यारोपणको निम्ति अस्पतालबाट रु. १८,००,०००।– (अठार लाख रुपैयाँ) भन्दा बढी खर्च लाग्ने भएको जानकारी दिएको हुँदा सम्पूर्ण मनकारी आमाबुबा, दाजूभाइ, दिदीबहिनी, संचारकर्मी, कलाकर्मी लगायत सम्पूर्णलाई सहयोगको निमित्त पदम कुमारी बेघा बचाउ अभियान अन्तर्गत– जीवनको लागी संगित यात्रा २०७७ हार्दिक अपिल गर्दछ ।

अशोक क्षेत्री अविन मेन्याङ्गवो
प्रबन्ध निर्देशक संयोजक
सहकार्य संस्था दमक, झापा
यूथ गु्रप नेपाल प्रा.ली मोबाइल नं. ९८१५०१७४६०
काठमाडौं विरामीको खाता नम्बरः
“जीवनको लागी संगित यात्रा–२०७७ अभियान” ०७९००४९६९७००००११
विरामी पदम कुमारी बेघा
मोबाइल नं. ९८०४९८२०८५

नोटः विगत लामो समयदेखि पीडित वर्गको निमित्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साझा अभियान–“जीवनको लागी संगित यात्रा” नामक कार्यक्रम गर्दै आएका छौं । युथ ग्रुप नेपालको सहकार्यमा यो अभियान संचालन हुने जानकारी समेत गराउँदछौं ।
“जीवनको लागी संगित यात्रा”– २०७१ (झापा निवासी श्याम बहादुर मगर)
“जीवनको लागी संगित यात्रा”– २०७२ (ताप्लेजुङ निवासी विशाल माङयुङ) समेतको पूर्वाञ्चल भरी कार्यक्रम गरी बचाई सकेको र पुनश्च फेरी पदम कुमरी बेघालाई बचाउन यो अभियान सञ्चालन गरीएको र सदा झैं यसपाली पनि सम्पूर्णले साथ र सहयोग गरी दिनु हुन्छ भन्ने विश्वास प्रकट गर्दछौं ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com