२०७७ कार्तिक ०३, सोमबार
Close
रेडियो झापा 100.7 MHz. सोमबार, आश्विन १९, २०७७    २०:२२:५७

१९ असोज, विराटनगर । नोवेल कोरोना भाइरस (कोभिड–१९) महाव्याधीकाबीच प्रदेश नम्बर ५ ले नाम र राजधानी टुंगो लगाउन लागेसँगै प्रदेश १ मा पनि नाम र राजधानीको बहस सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश १ सरकारले राजधानीको विषय २३ वैशाख २०७६ मा टुंगो लगाएको थियो । नामको विषयमा भने सहमति जुट्न सकेको छैन ।

नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् । प्रदेश ७ ले सुदूरपश्चिम, ६ ले कर्णाली, ४ ले गण्डकी र ३ ले बाग्मती नाम राखेका हुन् । प्रदेश ५ ले लुम्बिनी प्रस्ताव गरेको छ ।

प्रदेशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा परेकाले प्रदेशको नाम कोशी र सगरमाथा मध्ये एक हुने तोकिने सम्भावना बलियो छ । प्रदेशको राजधानी तोक्ने समयमा नेकपा सांसदको मत कोशी र सगरमाथामा बाँडिएको थियो । तर पछिल्लो समय सगरमाथा नाम चर्चामा छ ।

सगरमाथा र कोशी विगतमा पनि चर्चामा आएका नाम भएकाले छलफलको विषय बनाउन सकिने मुख्यमन्त्री राइले बताए ।

पाँच प्रदेशले जातीय पहिचानको मुद्दा त्यागेका कारण प्रदेश १ मा पनि पहिचानको च्याप्टर क्लोज भएको नेकपा नेता बताउँछन् । ‘प्रदेशमा जातीय पहिचान जोडिए नाम टुंगो लगाइसकेका प्रदेशमा पून पहिचानको आवाज उठ्न सक्छ’ नेकपा एक नेताले भने ‘प्रदेश १ को नाम भूगोलका आधारमा टुंगो लाग्छ ।’

‘हिजो पहिचानकै विषयमा सहमति जुट्न नसक्दा नामलाई थाति राखिएको हो’ ती नेताले भने ‘फेरि सोही मुद्दा सम्बोधन हुने सम्भावना न्यून छ ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल प्रदेशको संरचना पञ्चायतकै विकसित रुप भएकाले पहिचानको मुद्दा अटाउन नसकेको बताउँछन् । ‘संरचना निर्माण नै पाँच विकास क्षेत्र र १४ अञ्चलका आधारमा बनेको छ’ उनी भन्छन् ‘नाम टुंगो लगाएका प्रदेशले पनि पुरानै नामलाई निरन्तरता दिएका छन् ।’

६ वटा प्रदेशमा पहिचानवादीको मत कमजोर भएपनि प्रदेश २ मा बलियो भएका कारण पहिचानको मुद्दा समेटिन सक्ने उनको बुझाइ छ । ‘हिजो पहिचानको विषय उठाउँदा प्रदेश २ मा दुई तिहाई पुगेन’ उनले थपे ‘प्रदेश १ पहिचानको आवाज उठाउने मत थोरै छ ।’

पहिलो संविधानसभाबाट संविधान जारी भएको भए पहिचानका मुद्दा स्थापित हुने उनले बताए । ‘दोस्रो संविधानसभा सम्म आइपुग्दा पहिचानबादीको मत कमजोर भयो’ पोखरेलले भने । प्रदेशले पहिचानको मुद्दा सम्बोधन नगरेपनि पहिचानको आवाज भने निरन्तर उठने बताए ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com