२०७७ कार्तिक ०३, सोमबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, आश्विन २७, २०७७    ७:५२:४१

काे हुन मंगाेल ?

अन्तर्राष्ट्रिय भाषा अंग्रेजीकाे क्याम्ब्रिज डिक्शनरीमा मंगाेलकाे अर्थ यस्ताे छ:

लेखक:प्रदीप नेयोङ

   ” Mongol: a very offensive word for a person
      who has Down’s syndrome.”

अर्थात विश्वले मंगाेल भनेकाे शारीरिक तथा मानसिक रूपले सुस्त र मन्द राेग लागेकाे मानिस भनेर चिन्छन् । मानसिक विकास नभएकाे लठेप्राे/लाटाे मान्छेलाई मंगाेल भनेर बुझ्ने संस्कृति पश्चिमामा स्थापित छ ।  डाउन्स सिन्ड्राेम भनेकाे शारीरिक तथा मानसिक विकास नभएर लठेप्राे हुने राेग हाे ।

जातिविज्ञानकाे अाधारमा मंगाेल

“मंगाेल” भन्ने शब्दले मंगाेलिया देशमा बस्ने तथा चिनकाे “भित्री मंगाेलिया स्वयत्त प्रदेश” मा बन्ने जाति ( जनता) लाई बुझाउँछ ।

मंगाेल जातिका थरहरू यी हुन् :

   खलका, बुर्यात, अाेइरात, कल्मिक, अबगा, अबगानर,
   अायाेहन, बारिन, गाेर्लाेस, जलाईद, जरूद, खिसिगदेन,
   खुचिद, मुमयानगन, अाेनिगुद पर्दछ ।

ताङ वंशकालका 8 आैं शताब्दीमा मंगाेल शब्द “शिवेई” कविलालाई जनाउन प्रयाेग गरिएकाे अभिलेख छ । पछि १३ अाैँ शताब्दीमा चंगेज खाँकाे साम्राज्य भित्र एकीकृत जनतालाई मगाेल भनियाे । भारतका मुस्लिम मुगल शासकहरू पनि मंगाेल नै कहलिन्थे । मुगल भनेकाे मंगाेलकाे अपभ्रंश हाे ।

मंगाेल र मंगाेलाईड शब्द फरकफरक हुन्

मंगाेल भनेकाे माथि उल्लेख गरिएकाे जाति हाे भने मंगाेलाईड (मंगाेलियन) भनेकाे मंगाेल जस्ताे शारीरिक विशेषता भएकाे ( मंगाेलपन) मानिस बुझाउँछ । मंगाेलाईड शब्द मानव शास्त्रीहरूले मानवकाे  शारीरिक मापदण्डकाे लागि   प्रयाेगमा ल्याएकाे शब्द हाे ।

मानिसकाे शारीरिक बनावटकाे अाधारमा मानिसलाई बुझ्न मानवशास्त्रीले  मानवकाे बर्गीकरणकाे लागि प्रयाेग गरेका शब्दहरू हुन् : मंगाेलाईड, अार्यन र नेग्राे ।

फराकिलाे, बाटुलाे अनुहार, थेप्चाे नाक गहुँगाेराे भएका मानिसलाई मंगाेलाईड भनियाे । याे मंगाेलाईडकाे मुुल शब्द मंगाेल हाे । तर यसकाे अर्थ फरक छ ।

बाटुलाे अनुहार, थेप्चाे नाक भएकाे मानिसलाई मंगाेल जातिकाे मापदण्डमा व्याख्या गरियाे र यसलाई मंगाेलाईड भनियाे ।

पश्चिमा मानवशास्त्रीले यस्ताे बाटुलाे अनुहार तथा थेप्चाे नाक भएकाे विश्वकाे जुनसुकै जातिलाई मंगाेलियाकाे मंगाेलजातिकाे शरीरिक विशेषतासंग दाँजे र मंगाेलजातिकाे शारीरिक संरचनाकाे मापदण्डमा अरूलाई राखे  किनकि मानवशास्त्रीहरूकाे नजरमा  यस्ता शारीरिक विशेषता भएकाे मानिसहरूमध्य मंगाेलियाका मंगाेललाई मात्र शुरूमा देखेका थिए ; मंगाेल जातिका चंगेज खाकाे कारण मंगाेलहरू सबैमा चिरपरिचित थिए र जाे चल्तिफुर्तीका हुन्छ, उसैलाई त पहिले सबैले चिन्ने हाे ।

तसर्थ मंगाेल भनेकाे निश्चित एक जाति हाे भने मंगाेलाईड चाहिँ मंगाेलकाे जस्ताे अनुहार गरेका जहाँ सुकैका मानिस हुन् । मंगाेल मंगाेलिया देश र यस वरपरका मानिस हुन् भने मंगाेलाईड चाहिँ जापान, नेपाल, अमेरिका, काेरिया, मलेसिया अादि देशमा बसाेबास गर्ने मंगाेल जस्ता मुखाकृति भएका जाे काेही मंगाेलाईड हुन् ।

नेपालका राई,मगर, गुरूङ, सेर्पा, तामाङ अादि मंगाेल हाेइन, मंगाेलाईड ( मंगाेलजस्ता) हुन् । बरू यी जाति किरात भित्र पर्छ ।

मंगाेलियाबाट मंगाेल यता नेपाल अाएकाे पनि भन्न सकिन्न । बरू नेपालबाट उता गएकाे पुरातात्विक अाधार छ । बुटवलकाे तिनाउ नदीमा फेला परेकाे मानव वंगाराकाे अध्ययन गर्दा १ कराेड १० लाख वर्ष अगाडि नै थेप्चा नाक र बाटुलाे अनुहार गरेकाे मानव नेपालमा नै थियाे । यति वर्ष अगाडि मंगाेलिया देशमा मानव नै थिएन ।

केही अतिवादी साथीहरूले नेपालकाे संदर्भमा मंगाेल शब्दकाे अर्थ नबुझी हचुवाकाे भरमा प्रयाेग गरेका छन् । नेपालमा मंगाेल शब्द प्रयाेग गर्नु भनेकाे अादिवासीहरूलाई  अाप्रवासी बनाउनु हाे, नेपालका अादिवासीलाई अपमान गर्नु हाे । नेपालका अादिवासी भनेकाे मंगाेलीयाबाट अाएकाे जाति हैनन् ।

शारीरिक बनावट नश्ल (race) निर्धारण गर्नलाई मंगाेलियाका मंगाेल जातिलाई मापदण्ड मात्र बनाइएकाे हाे । कुनै पनि जाति नश्लले मात्र निर्धारण हुन्न, त्यसकाे लागि भाषा, धर्म र संस्कृति चाहिन्छ । चिन  मंगाेलियाका जाति र नेपालकाे अादिवासीमा भाषा, संस्मृति र सभ्यता नै फरक छ । यसकारण नेपालका अादिवासीलाई मंगाेलसंग जाेड्नु महा मुर्खता हाे ।

गाेपाल गुरूङ र मंगाेल

गाेपाल गुरूङले सेतामगुरालीलाई समेट्न भनेर मंगाेल शब्द प्रयाेग गरे । तर गल्ती हाे, याे । उनले अज्ञानताबस यसाे गर्न पुगे ।   उनका चेलाहरूले सुधार्नु पर्छ । उनीहरूकाे अभियानले हामीलाई जबरजस्ती मंगाेलियाकाे जाति बनाइरहेछ ।

हामी सुस्त मनस्थिति भएकाे लाटाे / लठेप्राे जाति पनि हाेइनाैँ ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com