२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, कार्तिक ०९, २०७७    १५:३५:४३

०९कात्तिक,काठमाडौ/ म ज्ञानेन्द्रको मान्छे होइन । तर, ०५९ सालमा शेर बहादुर देउवा आफैले घोषणा गरेको चुनाब ‘अहिले गर्न सक्दिन’ भनेपछि तत्कालिन राजा ज्ञानेन्द्रले देउवालाई बर्खास्त गरे ।

चुनाब गराउन नसक्नेलाई बर्खास्त गर्न ठिक हो कि होइन भन्ने बिषय अर्को हो । तर, राजाले अब चुनाब गराउन सक्ने सक्षम ब्यक्तिहरु आउ, निबेदन देउ भनेपछि हाम्रो राष्ट्रिय जनमुक्ती पार्टीको बैठक बस्यो । म महासचिव थिएँ, मन्त्री को बन्ने भनेर ठूलो बिबाद भयो । बिबाद बिच हाम्रो पार्टीबाट मात्रै १२ जनाको नाम सिफारिस भयो । पछि राजाले मेरो नाम छाने । कम्तीमा १२ जनामध्ये म फरक रहेछु नि । मन्त्री भएपछि फरक काम गर्नु पर्यो भनेर, मैले सस्कृत बिषय विद्यालयबाट हटाउने सोँच बनाएँ । सस्कृत भाषा ईतिहास हो, शास्त्र हो र अध्यायन अनुसन्धानको बिषय हो । तर, सानासाना बालबालिकालाई पढाउनै पर्ने बिषय होइन भन्ने मेरो ठहर हो । जब बालबालिकालाई यो भकुणडो हो भनेर सोझै बुझाउन सकिन्छ भने “इदं कन्दुकम्” भनेर किन बोझ पार्ने ?

एउटा विद्यालयमा एउटा मात्र सस्कृत शिक्षक भए पनि, ३० हजार विद्यालयमा ३० हजार शिक्षक हुने भए । त्यो ३० हजार पदमा कुनै राई, कुनै लिम्बू, कुनै मगर, कुनै गुरुङ त हुने होइन, एकलौटी बाहुनले खाने हो । त्यसैले पनि बिरोध हो मेरो । लोकेन्द्र बहादुर चन्दको पाला देबि ओझा शिक्षा मन्त्री थिए, म महिला बालबालिका तथा समाज कल्याण मन्त्री । देबि ओझा त मेरो माले कालका साथी, त्यसैले भनेँ “ए देबि एउटा परिवर्तनको काम गर्नु पर्यो । सस्कृत शिक्षा हटाउनु पर्यो ।” देबि ओझा कन्भिन्स भए, प्रस्ताव तयार पारेर मन्त्री परिषदबाट पारित भएर अनिबार्य सस्कृत शिक्षा हट्यो ।

मैले दसैंको टीका नलगाउ भनेर जनजाति समुदायमा अभियान नै चलाएको हू । राजनितिक भाषामा बहिष्कार भन्छन, सामाजिक भाषामा परित्याग भनौं । दशैको टीका परित्याग गरौं भनेर अभियान चलाउने गोरे बहादुर खपाङ्गीले, मन्त्री भएपछि राजाको हातबाट टीका लायो भनेर ठूलो बिरोध भयो । बास्तबमा मैले टीका लगाएकै हो, राजा खुशी हुन्छन कि भन्ने चाहनाले, मैले टोपी माथी सारेर निधार थापेकै हू । मलाई मन्त्री भएपछि सस्कृत शिक्षा हटाउने देखि केही काम गरेर देखाउनु थियो । त्यतिबेला मन्त्री परिषदको काम गर्न राजालाई खुशी पार्नैपर्ने बाध्यता थियो । राजा भनेको ठकुरी, ठकुरी भनेको त प्रशंसाको भोको । हाम्रो गाउमा गरिब ठकुरीले हलै जोतेर खान्छ । दिनभरी जोतेर आएको ठकुरीलाई बाबुसाप, जोत्न अब कति बाँकिछ भनेर सोध्यो भने फुरुङ्ग भएर भन्छ “अब तिन्टा गरा छन हजुर ।” दिनभरी जोतेर खानेले पनि बाबुसाहेब भनिमाग्छ । अब राजाले चाकरी किन नखोजोस् । मैले, जनजातिकै काम गराउन राजाको हातबाट टीका थापेँ ।

{ “बाहुन कोहि छ भने मेरो खुट्टा ढोग” शिर्षकमा नयाँ पत्रीकाका उमेश चौहानले 30 भदौ 2069 शनिबार खपाङ्गीसंग लिएको अन्तर्वार्ता )

  • नेपालको राष्ट्रिय चिन्तनबाट साभार

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com