२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, कार्तिक १८, २०७७    २२:४४:३६

१८कात्तिक,धरान/धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

गत शनिवार इलाका प्रहरी कार्यालय धरानमा छोरी हराएको भन्दै आमाले जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राजन ओलीले जानकारी दिए ।

धरान-१९ को राँगा चोकमा नयाँ बनेको पक्की घर निमार्णका लागि झुम्काबाट धरान आएका चौधरी थरका बालकले बालिका लाई बलात्कार गरेको किटान जाहेरी धरानमा परेको थियो ।

जाहेरीका आधारमा आइतबार १५ वर्षीय बालक पक्राउ परेका थिए । अनुसन्धानको क्रममा पीडितले दिएको नाम अनुसार थप २ जना युवा पनि पक्राउ परेका छन्।

बाल सुधार केन्द्र नभएकाले प्रहरी हिरासत नराखी अलग्गै कोठामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

बलात्कार घटना सार्वजनिक भएपछि परिवारमै आर्थिक रूपमा मिलाउने प्रयास समेत भएको बताइएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com