२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, कार्तिक २५, २०७७    ८:२६:३६

 

दमक । रेडियो झापा र प्लानेट मल्टिमिडियाद्वारा आयोजित स्टार आरजेको घोषणा तथा पुरस्कार वितरण समारोह हिजो दमकमा सम्पन्न भएको छ । असोज ६ गतेदेखि कार्तिक २२ गतेसम्म भएको प्रशिक्षण एवं प्रयोगात्मक परीक्षामा उत्कृष्ट हुने प्रतिस्पर्धिहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको छ ।


प्रतिस्पर्धामा उत्कृष्ट हुने सुमन बेघालाई १५ हजार नगदसहित प्रमाणपत्र, दोस्रो हुने प्रतीका पोखरेललाई १० हजार र प्रमाण पत्र, तेस्रो हुने नरेन्द्र लिम्बूलाई नगद रु ७ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा उत्कृष्ट आवाजतर्फ सुष्मा राई र सामाजिक मिडियामा भएको चर्चाको आधारमा एस्तर मगरलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । तालिम तथा प्रतिस्पर्धामा १२ जना प्रतिस्पर्धिहरु सहभागि भएका थिए ।

नेपालमै पहिलो पटक आयोजना गरिएको यसप्रकारको रियालिटी सोले स्थानीय स्तरमा दविएर बसेका प्रतिभाहरुलाई प्रस्फुरण गराउने आयोजकले जनाएको छ । पुरस्कार वितरण तथा समापन समारोह दमकस्थित कागवेनी थकाली भान्साघरमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com