२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, कार्तिक २८, २०७७    १६:०६:०१

२८कात्तिक,बिर्तामोड/किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापा र झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक पत्रिकाको सहकार्यमा याक्थुङ्ग लिम्बू सिरीजङ्गा लिपिको सामाग्री प्रकाशन गर्ने सम्झौता भएको छ ।

बिर्तामोडस्थित पूर्वाञ्चल दैनिकको कार्लालयमा आज पूर्वाञ्चल दैनिक पत्रिकाको तर्फबाट सम्पादक एकराज गिरी र चुम्लुङ् शाखा झापाको तर्फबाट सेसेहाङ् फियाकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

याक्थुङ्ग लिम्बू भाषा विकास, संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्दै जाने चुम्लुङको मूलभूत उद्देश्यलाई कार्यान्वयन गर्दै जानको निमित्त दुईपक्षबिच भएको सम्झौता फियाकले बताएका छन् ।

सम्झौता अनुसार आगामी मंसिर १ गतेदेखि लागू हुनेगरी महिनाको दुई पटक १ र १५ गते सामाग्रीहरु प्रकाशन गरिने जनाइएको छ । यो सम्झौता २ वर्षसम्म कायम रहने र यसको सम्पादक सेसेहाङ फियाक र सह–सम्पादकको रुपमा सेसेमी से–नाल्बो र डिल्लीश्वर मुसाहाङ् रहने पत्रिकाका सम्पादक एकराज गिरीले बताए ।

पत्रिकामा याक्थुङ्ग लिम्बु सिरीजङ्गा लिपिको माध्यमबाट समाचार, कथा, कविता, गीत, नाटक, उपन्यास, गजल, हाइकु लगायत विभिन्न आलेखहरू प्रकाशन हुने छ ।

दैनिक पत्रिकाको माध्यमद्वारा याक्थुङ्ग लिम्बू सिरीजङगा लिपिमा नै समाचार पढ्न पाउँदा झापावासी लिम्बु समुदायहरु उत्साहित हुने संचार कर्मी डिल्लीश्वर मुसाहाङ्ले बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com