२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, कार्तिक २८, २०७७    २१:२२:४५
लेखक:-कुमार लिङ्गदेन(सलोरम अध्यक्ष)

“अब त्यो गल्ति कहिले कहिले नदोहोरियोस”

हामी हाम्रै पहिचानकै कारण राज्यले दमन गरिएकाहरु ,राज्य द्वारा हाम्रो पहिचान अपहरण गरिएकाहरु,हामी आदिबासी/दलित शिल्पी/खस /थारु/मधेशीहरु कहिले पनि एकात्मक,राजतन्त्र,धर्म सापेक्ष, निरकुशता(सबैखाले निरकुशता – राजाबादी,पुजिवादी,कम्युनिस्ट)को पक्षमा लाग्नु हुदैन। हामी उत्पीडित हरु राजतन्त्र,एकात्मकता र धर्म सापेक्षताको पक्षमा लाग्नु भनेको आफ्नै चिहान आफै खन्नु हो र आफ्नै दाजुभाइको हत्या गरेर रंगको उत्सब गरे जस्तै हो।

तर इतिहासमा ,हामीहरुबाट ठुलो ठुलो गल्ति भएको छ। ०१७ सालमा महेन्द्रले पंचायत लागु गर्दा हाम्रा धेरै मान्छेहरु पंचायतमा लागे ,त्यो महाभूल थियो ।कांग्रेसीहरु संग जति रिस उठेपनि ,उनीहरु संग हाम्रो कुरा नमिले पनि,कांग्रेसीहरुको घमण्डले आकाश छोए पनि हामी पंचायतको बिरुद्दमा र बहुदलको पक्षमा उभिनु पर्थ्यो।

त्यसबेला प्रधान पन्च र उपप्रधान पन्च खान जसरि हाम्रा मान्छेहरुले पंचायतको समर्थन गरे –अहिले हेर्नुस त ,ति प्रधान र उपप्रधानहरु प्रायको मृत्यु भैसक्यो।

हो ,उनीहरुको पालामा उनीहरु लाई मज्जै आयो होला।तर त्यसको पिडा हामी अहिलेको पुस्ताले भोग्दै छौ।

आदिबासीको भाषा सिध्याउने, पहिचान सिध्याउने सबै मास्टर प्लान महेन्द्र रास्ट्रवादको नाममा त्यहि बेला महेन्द्र र उसका मतियारहरुले कोरेका थिए। बिरोध गरौ भने दल प्रतिबन्ध भैसकेको थियो।

हाम्रो धेरै मान्छेहरु पन्च भएका थिए। तर त्यसको नकरात्मक असर आउने हजारौ पुस्ताले भोग्नु पर्नेछ। त्यसैले एउटा पुस्ताको सुख सयलको लागि आउने हजारौ पुस्ताको भविष्य आगोमा झोस्नु हुदैन।

आज ,जति पल्ट सम्झिन्छु त्यति पल्ट चित्त बुझ्दैन ,अनि त्यसबेलाका बुबा पुस्ताका मान्छेहरु संग म जहिले असहमति जाहेर गर्छु – काग्रेस एउटा पक्ष भयो ,कम्युनिस्ट अर्को पक्ष भयो ,हामी आदिबासीहरुले पनि तेस्रो धार निर्माण गरेर पंचायत ,राजतन्त्र र निर्दालियता को बिरोध गर्नु नि!

गणतन्त्र पक्षधरहरु कांग्रेस वा कम्युनिस्ट भैरहनु आवाश्यक पर्दैनथ्यो त!

तेस्रो धार सिर्जना गरेर पनि मजाले गणतन्त्रको पक्षमा उभिनु सकिन्थ्यो नि!

२०१५ साल देखि २०३० साल सम्मको हाम्रो बाबु बाजे ,आमा बोजुहरुको यो पुस्ता संग मलाइ सारै धेरै असन्तुस्टी छ।जब पनि यो पुस्ता सम्झन्छु उहाहरु संग सारै धेरै रिस उठछ – किनकि त्यसबेला उहाहरुले तेस्रो धार शुरु गरि राखेको भए आज हामीलाई यति शून्यबाट काम शुरु गर्नु पर्ने थिएन।

०३० देखि ०४६ सालसम्म त धेरै आधुनिक समय आइसकेको थियो।

तर दुखद कुरा –यस्तो अवस्थामा पनि तेस्रो धार सिर्जना भएन वा हाम्रो अग्रजहरुले त्यो दिशामा काम शुरु गर्नु भएन।

आफ्नो धार कोर्ने पो कोर्ने हो त – त्यो पुच्छर भएर त जो पनि लागि हाल्छ नि।जति ठुलो पदमा पुगोस तर पुच्छरलाइ आउने पुस्ताले थुक्छ ,थुक्छ।
जस्तो हामी ०१५ साल देखि ०३० हुदै ०४६ साल सम्मको हाम्रो आदिबासी  पुस्तालाई थुक्दै छौ।

०३६ सालको बहुदल कि निर्दल को जनमत संग्रहमा आदिबासीहरु कसरि अघि बढने भनेर काठमाडौँ को पुल्चोक सैनिक भवनमा देशभरिका ५० /६० जना चिनिएका आदिबासी व्यक्तित्वहरु भेला भएर गम्भीर छलफल गरेकै हो।

उक्त भेलामा खगेन्द्र जंग गुरुङ ,गोपाल गुरुङ ,बखान सिंह गुरुङ ,एम एस थापा ,पदम सुन्दर लावती ,बिष्णु मादेन ,चन्द्र बहादुर पालुंगवा ,काजिमान कन्दंगवा लगायतका चिनिएका व्यक्तिहरुको जमघट थियो।

निकै घनिभूत छलफल गर्दा पनि उक्त भेलामा निस्कर्ष निस्कन सकेन। उक्त भेलामा सहभागि खगेन्द्र जंग गुरुङका अनुसार उक्त भेलामा तमुवान का केहि गुरुङहरुले बहुदल मा जाउ हामीले पनि पार्टी खोल्न पाइन्छ भनेको हो तर पुर्बका राइ लिम्बु नेतारुले निर्दलमै जाउ भने।

पछी बहुदल भन्ने गुरुङहरुलाई पनि राज्यले बिभिन्न काउन्टर दियो वा फकाएर निर्दलमा नै लग्यो।
जेहोस ,उक्त भेलामा आदिबासीहरुको कुनै धार बन्न सकेन , बहुदल र निर्दल दुइ धार बन्यो। अन्तमा ,निर्दल ले जितेको घोषणा गरियो र थप १० बर्ष वा ०४६ साल सम्म पंचायत को आयु लम्बियो।
सायद ,०३६ सालमा नै सबै आदिबासीहरुले एकजुट भएर बहुदलको पक्षमा भोट दिएको भए ०३६ सालमा नै बहुदल आइसक्थ्यो ।बहुदल आएको अवस्थमा आदिबासीहरुले पनि पार्टी खोलेर प्रतिस्पर्धा गर्न पाउथे र नेतृत्व र संगठन बिकसित हुन्थ्यो।
०३६ सालमा पंचायतको पक्षमा लाग्ने सेतामगुराली का अग्रजहरुले यो युगकै सबै भन्दा ठुलो राजनैतिक भुल गरे र आफ्नो समुदायको फैलादो आकांक्षाहरुलाई कैची लगाएर काटिदिए ,यो ठुलो भुल हो ,त्यो पुस्तालाई आउने सय बर्ष सम्मको पुस्ताले किन त्यसबेला बहुदल को पक्षमा उभेनौ भनेर प्रश्न गरिरहने छ।

०४६ साल सम्म आइपुग्दा –आदिबासी युवाहरु मध्ये ९० % को दिमाग पहिचानको दृस्टीकोणमा पंचायत जतिकै बिषालु कम्युनिस्ट दर्शनले खाइसकेको थियो।
०४६ साल पछी मुख्य गरेर पहिचानको मुद्दा उठाएर तीन वटा पार्टीहरु गठन भए –नेपाल सदभावना पार्टी ,नेपाल जनमुक्ति मोर्चा र रास्ट्रिय जनजाति पार्टी। नेपाल जनमुक्ति मोर्चा र रास्ट्रिय जनजाति पार्टी मीलेर रास्ट्रिय जनमुक्ति पार्टी बन्यो ।
रास्ट्रिय जनमुक्ती पार्टीले आदिबासीको सवालहरुलाई उठाएकै हो। माघ १९ को कदमलाई समर्थन नगरेको भए यो पार्टी नेपालको पहिलो दोस्रो ,तेस्रो पार्टी बनिसक्थ्यो।

०६२ /६३ को जनआन्दोलन शुरु हुदा हामी आदिबासीहरु साच्चिकै टुहुरा थियौ ।
किनकि यत्रो युगान्ताकारी गणतान्त्रिक आन्दोलन शुरु भैरहेको अवस्थामा हामी आदिबासीहरुको पार्टी थिएन।भएको पार्टी पनि राजतन्त्र को समर्थनमा गैसकेको थियो।

तर त्यो बेला पनि मधेशीहरुको पार्टी थियो – आन्दोलनकारी ७ दलमा सदभावना पार्टी पनि थियो र सदभावना को अनिल झा – गिरिजा हरु संगै बसेर आन्दोलनको डिजाइन कोरिरहेका थिए।

तर हामी आदिबासीहरुको कुनै पार्टी थिएन त्यसबेला।

म, त्यो बेला सम्झन्छु – यो संसारमा सबै भन्दा टुहुरो भएको महसुस हुन्थ्यो। जुन पार्टीलाई युवा उमेर दिइयो ,आखिरमा आन्दोलन गर्ने बेलामा त्यो पार्टी दरबार छिरि सकेको थियो।अनि ,हामी कुन झन्डा मुनि आन्दोलनमा उत्रने ?
( इतिहासको भयङ्कर गल्ति भएको यो क्षणलाइ गम्भीर गरेर बहस नगर्ने हो भने फेरी पनि आन्दोलन उठन बर्षौ लाग्छ )
अनि पूर्वमा हामी केहि साथीहरु मिलेर हतार हतार संघीय लोकतान्त्रिक रास्ट्रिय मंच गठन गर्यौ र ०६२ /६३ को आन्दोलनको पक्षमा उभियौ।तर मंच नया भएकोले हाम्रो उपस्थिति ससक्त देखिएन।

यदि रास्ट्रिय जनमुक्ति पार्टीको झन्डा बाट हामी उत्रेको भए उक्त पार्टी नेपालको पहिलो ,दोस्रो ,तेस्रो पार्टी हुन्थ्यो

यसरी इतिहासको संगिन घडीहरुमा हाम्रा आदिबासी अग्रजहरुबाट माफ नै गर्न नसकिने गल्तिहरु हुदै आएको छ।

मानौ ,हामीलाई केहि थाहा छैन जतिकै केहि आदिबासीहरु अहिले पनि राजा ,राजा भन्दै कराउदै छन्।

तर उहाहरुलाइ हेक्का रहोस – उहाहरु त के र ! – इतिहासको प्रत्येक गल्तीहरुलाई हामीले केस्रा केस्रा केलाएका छौ , र अब हामी अल्मलिदैनौ।

हाम्रा आदिबासी अग्रजहरुबाट जुन भुलहरु भयो – यसमा हामी अहिलेको पुस्ताले माफी मागौ र अब त्यस्तो गल्ति कहिले नदोहोराउने प्रण गरौ।

हामी फेरी पनि भन्छौ – लिम्बुवान ,१० +१ ,दलित शिल्पी,थार आदिबासी,खस आदिको समस्याहरुको सामाधान संघीय गणतन्त्र मा मात्र सम्भव हुन्छ

फेरी पनि राजतन्त्र,एकात्मकता ,धर्म सापेक्ष मा लाग्नु भनेको आफ्नो चिहान आफै खन्नु हो।

लिम्बुवान ,खम्बुवान ,शेर्पा ,तामांगसालिंग ,नेवा ,तमुवान ,मगरात ,ख सान,थरुहट ,मधेश ,दलित शिल्पी र सबै बिशेस स्वायत्त क्षेत्रहरु संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दह्रो गरि उभिनु पर्छ

संघीय लोकतान्त्रिक गणतन्त्र को रक्षाको लागि प्रत्येक प्रान्तमा १ /१ लाख संघीय भोलेन्टियर्स गठन गरेर ११ लाख भोलेन्टियर्स को लडाकु शक्तिले संघीय गणतन्त्र बिरोधिहरुलाई सधैको लागि सखाप पार्नु पर्छ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com