२०७७ मंसिर १४, आइतबार
Close
रेडियो झापा 100.7 MHz. मंगलबार, मंसिर ०२, २०७७    ८:०८:२३

सुनसरी । इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको छ ।
आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यँहि रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइदिनुभयो । ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिनुभयो ।


टीका,माला,सेलरोटी,फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुग्नुभएको थियो ।संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन । स्वास्थ्यकर्मी शिव कुमार मण्डलले भन्नुभयो “उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिए टीका लागएर अव उहाँले भाई वनाउनुभयो,अव म दिदी भन्छु ”यस्तो अवस्थामा पनि टीका लगाइदिनुभएकोमा उहाँलाई हार्दिक धन्यवाद दिएको उहाँले वताउनुभयो ।


चाडवाडमा समेत सेवामै खटेका सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा उहाँहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले वताउनुभयो । बर्षदिनको चाडवाडका वेला संक्रमितभएर घर परिवार भन्दा टाढा वस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले वताउनुभयो । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com