२०७७ चैत्र ३१, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, मंसिर १०, २०७७    ८:२७:५३

 

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ मा ६ वर्षीया बालिकाको हत्या भएपछि भएको प्रदर्शनको क्रममा: प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। 

हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पूर्वपश्चिम राजमार्गमा राखेर विरोध गर्ने क्रममा: मंगलबार प्रहरीले गोली चलाएको थियो।

बर्दिबास नगरपालिका वडा नम्बर एकका करिब ४२ वर्षीय संजय भन्ने बुद्धिराज न्यौपानेको तीघ्रामा गोली लागेको थियो।

गम्भीर घाइते उनलाई तत्काल पिनाकल अस्पताल भर्ना गरिएको थियो।

त्यहाँ उनको उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाण्डौंस्थित ग्राण्डी अस्पतालमा पठाइएको थियो।

उपचारकै क्रममा: गए राति करिब १ बजे  उनको मृत्यु भएको न्यौपानेका भतिज सौगात न्यौपानेले  बताए।

बालिकाको हत्याविरुद्ध भइरहेको प्रदर्शनलाई तितरवितर पार्न दर्जनौँ राउण्ड अश्रुग्यासका साथै रबरका गोली र हवाइ फायरसमेत गरेको थियो।

 

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com