रेडियो

धरमपुर,२० जेठ । स्कुटर र मोटरसाईकल एकापसमा ठक्कर खाँदा झापाको शिवसतासीमा आज एक जना महिलाको ज्यान गएको छ । यसरी ज्यान जानेमा स्कटुर चालक शिवसतासी १ की १८ वर्षिया रञ्जना खनालको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक नेकपा झापा क्षेत्र नम्बर ४ का इन्चार्ज राधाकृष्ण खनालको छोरी हुन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसतासी १ स्थित धरमपुरस्थित सडकखण्डमा आज विहान १० वजे भएको पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे१० प. ८१४० को मोटरसाईकल र पश्चिमबाट दक्षिणतर्फ मोडिदैं गरेको मे.७ प.१६८७ नम्बर स्कुटर एकापसमा जुधेको थियो । दुर्घटनामा घाईते रञ्जनाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार गर्न ल्याउन साथ ज्यान गएको थियो ।
ठक्करबाट मोटरसाईकलमा सवार चालक विर्तामोड ९ वस्ने १७ वर्षिय मौषम पाण्डे समेत घाईते भएको झिलझिले ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।
यसैवीच, रञ्जनाको शव आज ५ वजे कन्काई नदीमा अन्त्येष्टि गरिने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।

Copyright © 2015-2019 Radio Jhapa 100.7 MHz