२०७७ माघ ०९, शुक्रबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, मंसिर १०, २०७७    १४:४८:१२

बिर्तामोड , मंसिर १० । बिर्तामोड नगरपालिकाका नगर प्रमुख धु्रवकुमार शिवाकोटीपछि उपप्रमुख पवित्रा महतारा प्रसाईलाई पनि कोरोना संक्रमण देखिएको छ ।

 

उनलाई हिजो संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंसिर ६ गते नगर प्रमुख शिवाकोटीलाई संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन् । होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको थियो । संक्रमण पुष्टि भएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमै रहेकी छन् । उनलाई ज्वरो आउने, टाउको र घाटी दुख्ने जस्ता लक्षण देखिएको श्रीमान् ज्ञानुराम प्रसाईले बताए । नेकपाका नगर अध्यक्ष ज्ञानुराम पनि ओम आइसोलेसनमै बसेका छन् । हिजो बिर्तामोडमा एक स्वास्थ्यकर्मीसहित १० महिला र १३ पुरुष गरी २३ जनालाई संक्रमण पुष्टि भएको थियो । बिर्तामोडमा हालसम्म ५५९ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ३९० जना निको भएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com