काठमाडौं, मंसिर १३ / प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा नेताको जिवनशैली र बसाइउठाइ अपारदर्शी भएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको छ । उहाले नियमित र वैध आम्दानीको स्रोत नभएको नेताको विलासी जिवनशैली, नेताहरुको वर्ग उत्थान र बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
‘यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?’, प्रधानमन्त्री ओलीको भनाई छ ।
यस्तो छ उहाको भनाई :-
नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ र? यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?