२०७७ माघ ०७, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, मंसिर १३, २०७७    १९:०८:२५

१३मंसिर/ शिबसताक्षी/आज शिबसताक्षी नगरपालिका को वडा न.०१मा हाल जनता समाजबादी पार्टी नेपाल पुर्ब राजपा सम्बद्ध युवा संगठन १ न.प्रदेशले कार्यकर्ता भेटघाट तथा नगरपालिका स्तरीय पुर्न गठन कार्यक्रम समपन्न गरेको छ।

कार्यक्रमको सभापतित्व शिबसताक्षी नगरपलिका युवा अध्यक्ष सनम चेम्जोङ रहेका थिए भने प्रमुख अतिथि प्रदेश न.०१का युवा अध्यक्ष रोशन लिम्बू रहनु भएको थियो र अतिथिमा दमक नगर अध्यक्ष किरण मगर, झापा जिल्ला उपाध्यक्ष कमल गरूङ,प्रदेश उपाध्यक्ष ताेया न्याउपाने,अाशिस सुब्बा,कमल ४ अध्यक्ष दिलिप लिम्बू,कोषाध्यक्ष सनिम बिक रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य युवाको  प्रदेश न.०१ ब.उपाध्यक्ष तोया न्यौपानेले गरेका थिए।उनले आफ्नो कुरा राख्ने क्रममा सम्पुर्ण उपस्थित नेता,कार्यकर्ता स्वागत गरेका थिए साथै अब आउने दिन थप जोस र उत्साहका साथ संगठनमा लाग्नु पर्ने समेत बताएका थिए।

पुर्न गठन पछि बनेको समितीका अध्यक्ष सनम चेम्जोङ रहेका थिए भने उपाध्यक्षमा सन्त कार्की त्यस्तै सचिबमा सबिन नेम्बाङ,त्यस्तै उपसचिबमा जेन्स चेम्जोङ,कोषाध्यक्ष बिक्रम  चेम्जोङ सहित १५ सदस्य समिती गठन भएको प्रदेश उपाध्यक्ष आशिष लिम्बुले बताउनु भयो।

कार्यक्रमका  सबै पंक्तिको नेताहरुले आफ्नो कुरा राखेका थिए भने प्रमुख अतिथिले युवाहरुले अहिले गरिरहेको कार्य निक्कै शरहानिय रहेको र आउदो दिनमा युवाहरुले अझ यस्ता प्रकारको कार्य गर्न आवस्यकता रहेको उनले बताए।अब समायोजन पनि नजिक आउदैछ सबै तयार रहनुपर्छ र थप संगठीत हुनुपर्ने  पनि बताए।

अन्तिम समयमा बोल्दै कार्यक्रमका सभाध्यक्षले आज यहाँ उपस्थित सबैलाई हार्दिक धन्यवाद साथै आउदो दिनमा अझ यस्ता कार्यहरु गर्ने उत्साह मिलेको समेत बताए।

प्रदेश,जिल्ला नगर पालिका/गाउँ पालिका,वडाका पार्टी सम्बद्ध नेता,कार्यकर्ताहरुको उपस्थित रहेको थियो।कार्यक्रम संचालन सचिब सबिन नेम्बाङले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com