दमक, जेठ ३१ गते । पहिलो पाइला नेपाल दमक शाखाद्वारा आज इलाम जिल्ला चुलाचुली गाउपालिका वाड ६ मा अबस्थित किरात चोम्लुङ आधारभुत बिधालयमा अध्यानरत बिधार्थीलाई भाग्यबोक्ने झोला तथा स्टेसनरी सामान प्रदान गरेको छ । ३० जना बिधार्थी लावान्वित भएको सो कार्यक्रममा प्रमुख अतिथी वाड सदस्य सर्मिला राई यस्तै विशिष्ट अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद दुलाल, स्कुलका प्रधानाध्यापक गिरिराज निरौला, पहिलो पाइला नेपालका अध्यक्ष छवि बास्कोटा लगाएत स्थानिय बिधार्थीका अभिभावको उल्लेखनीय उपस्थिती रहेको थियो ।
पछिल्लो समय पहिलो पाइला नेपालले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ