२०७७ माघ ०७, बुधबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, मंसिर १४, २०७७    १७:३८:३५

१४मंसिर,सुडान/ क्युवेटमा सशस्त्र समूहहरूबीचको सम्भावित झडपलाई नेपाली शान्ति सेनाले रोकेको छ ।

क्युवेटमा दुई समूहबीच झडप हुन लागेको खबर पाएसँगै उक्त क्षेत्रमा नेपाली सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएको दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघ मिसन (अनमिस)ले जानकारी गराएको छ ।

दक्षिण सुडानको लेक क्षेत्रको क्युवेट शहरको उत्तरमा गाईवस्त शिविरमा एक युवकको हत्या भएको विषयलाई लिएर हुन लागेको हिंसालाई शान्ति सेनामा खटेको नेपाली सेनाले नियन्त्रणमा लिएको हो।घटनाको एक दिन पछि उक्त समुदायका करीव ६० जनाले हतियारहरू जम्मा गरेर उनको मृत्युको बदला लिन शहर तर्फ लागेको अनमिसले जनाएको छ ।

उक्त शहरमा प्रतिकारका लागि अर्को एक सय जनाको समूह हतियारसहित बसेको सूचना नेपाली सेनाको टोलीले प्राप्त गरेको थियो ।

नेपाली टोलीले तुरुन्त सैनिकहरुको एक पल्टन पठाउँदै उक्त समूहहरुलाई रोकेको थियो। शान्ति सेनाले स्थानीय प्रहरीको सहयोगमा काम गरेको थियो सो समूहले धम्कीको जवाफ पनि दिएका थिए ।

‘हाम्रो काम भनेको सुरक्षा अवस्थाको आँकलन गर्नु, सशस्त्र समूहहरुलाई रोक्नको लागि इलाकामा पेट्रोलिङ्ग गर्नु, सुरक्षा उपलब्ध गराउनु र आवश्यक परेमा सर्वसाधारणलाई संरक्षण गर्न हस्तक्षेप गर्नु थियो’,शान्ति  सेना।क्विका रियाक्शन फोर्सका कमाण्डर कप्तान बिज्ञान बिष्टले बताए ।

अनमिस र स्थानीय सुरक्षाकर्मीहरुको संयुक्त प्रयासले सशस्त्र समूह आफ्नो गाउँ फर्किएका छन् । सम्भावित हिँसात्मक झडप रोक्न सहयोग गरेको भन्दै त्यहाँका जनताले धन्यवाद दिएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com