२०७७ माघ १२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. आइतबार, मंसिर १४, २०७७    २१:१०:०४

१४मंसिर,काठमाडौं/सशस्त्र प्रहरी बलको प्रदेश २को प्रमुखको रूपमा गृह मन्त्रालयले डिआइजी चन्द्र प्रकाश गौतमलाई सरुवा गरेको छ।गृहमन्त्रालयले बिहिवार सशस्त्र प्रहरी बल नेपालका एक दर्जन डिआइजिहरुको सरुवा गरेको हो।

३० बर्षे सेवा अवधीका कारण यहि मंसिर २८ गते अनिवार्य अवकाश जान लागेका कारण बाहिनी पतिमा रहेको केही डिआइजिहरुलाइ गृहमन्त्रालयले सरुवा गरेको छ।

यश अघि प्रदेश न.२ सशस्त्र प्रहरी बल प्रमुखका रूपमा डिआइजी कृष्ण भक्त ब्रहमाचार्य रहेका थिए।उनलाइ हाल सशस्त्र प्रहरी बल मुख्यालयमा सरुवा गरिएको छ।

यससंगै डिआइजी चन्द्र प्रकाश गौतमले २ नम्बर छिन्तामस्ता बाहिनिमा रहेर प्रदेश २ को कमाण्ड समाल्ने छन।

डिआइजी चन्द्र प्रकाश गौतम सशस्त्र प्रहरीमा एक निष्ठावन लगनशील एंब क्षमतावान छवि बनाएका व्यक्ति हुन भने उनले रशायन शास्त्रमा एम एस सि समेत गरेका छन साथै उनी नेपाली संगीत  क्षेत्रका एक चर्चित गीतकार पनि हुन।

सन्सारका करिब ७२ राष्ट्रको भ्रमण गरेका उनी रास्ट्र र जनताको हितमा कानूनको पालाना गराउन कहि पनि सम्झौता गर्दैनन।उनी देशका विभिन्न क्षेत्रमा साथै अन्तरास्ट्रिय स्तरमा समेत प्रभावकारी कमाण्डमा खटिएका छन भने आफू मातहतका कर्मचारीहरुलाई ‘राइट म्यान अन राइट प्ल्यास’मा राख्न सक्ने क्षमता समेत गौतमसंग छ।उनलाई आइजिपिको दर्बिलो दाबेदार समेत मान्न सकिन्छ।

प्रदेश २मा सिमा सुरक्षा,सीमा अपराध नियन्त्रण र चोरी तस्करी नियन्त्रणमा आफ्नो महत्वोपुर्ण भुमिका रहेने र त्यसैमा समेत केन्द्रित हुने उनले बताए।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com