२०७८ बैशाख ०५, आइतबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, मंसिर १७, २०७७    १९:५६:१६

१७मंसिर,बिराटनगर/राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश न.०१ समितीले आज मुख्यमन्त्री कार्यलय बिराटनगरमा गइ ज्ञापनपत्र दिएको छ।

धरान र झापाबाट पार्टी नेताहरु सहित पार्टी के.अध्यक्ष केपि पालुङवा,केन्द्रीय नेताहरु, प्रदेशका नेताहरू इटहरीमा केन्द्रित भइ  बाइक र्यालीमा सहभागी भएका थिए।सो अवसरमा बाइकको हरन बजाउदै बाइक र्याली बिराटनगर स्थित मुख्यमन्त्री कार्यलयसम्म पुगेको थियो।

मुख्यमन्त्री शेर धन राइ नभएका कारण जनाउदै प्रदेश मुख्यमन्त्री कार्यलय सचिब दिनेश उप्रेतीले ज्ञापनपत्र आफूलाई हस्तान्तरण गर्न आग्रह गरेका थिए उक्त कुरालाइ आत्मसात गर्दै राजमुपा प्रदेश न.०१ अध्यक्ष पर्शुराम मगरले उप्रेतीलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

केन्द्रिय सचिब बिष्णु थाम्देनले उप्रेती मार्फत आफुहरुले बुझाएको ज्ञापनपत्र मुख्यमन्त्रीसम्म पुग्ने बिश्वास लिएको बताए।

ज्ञापनपत्र हस्तान्तरण गरी सके पश्चात उक्त समुह बिराटनगर स्थित महेन्द्र चोकमा पुगि कोणसभामा परिनत भएको थियो।

कोणसभामा बोल्दै राजमुपा केन्द्रीय सचिब बल्दिप राइले यहाँ बाहुन्हरु धनी पनि छम गरिब पनि छन अधिकार बिहिन पनि आधिकार प्राप्त पनि छन हाम्रो लडाइ सत्तामा बस्ने बाहुन,क्षेत्री,लिम्बू,राई यी सबै संग हो।हामीलाई जातिय पार्टी नभनियोस हामी जनताको मनमा रहेको पार्टी हौ भन्दै बहुमतको सरकारलाई चुनौती दिएका थिए।उनले अन्त्यमा हामी अंक गणितमा पछि पर्यौ तर सैधान्तिक र बैचारिक हिसाबले हिजो पनि र आज पनि जित कै संघारमा छौ भन्दै बिदा भएका थिए।

बोल्ने क्रममा राजमुपा केन्द्रिय अध्यक्षले आफुहरु आएको थाहा पाए पश्चात् मुख्यमन्त्री राई मुसा झै लुकेको आरोप लागए भने उनले राजाबादीहरु होसियार,यो गणतन्त्र आउनमा १७ हजार जनताले बलिदान दिएको छ।हामी त्यो बलिदान त्यसै खेर जान दिनेछैनौ र आफुहरुको माग पूरा नभए दोश्रो चरणको आन्दोलन गर्ने भन्दै आफ्नो कुरा अन्त्य गरेका थिए।

कोणसभाको अन्त्यमा प्रदेश  अध्यक्षले उपस्थित सबैलाइ धन्यवाद दिनुभएको थियो।उक्त कार्यक्रम पार्टीको केन्द्रिय सचिब थाम्देनले संचालन गरेका थिए।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com