२०७७ माघ ०७, बुधबार
Close
रेडियो झापा 100.7 MHz. शुक्रबार, मंसिर १९, २०७७    ६:२२:०३

झापाको दमक ३ मा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा खेल मैदानको उद्घाटन गरिएको छ । खेल मैदानको अभाबका कारण शिविर भित्रका फुट्बल खेलाडीहरु लामो समय देखि खेल खेल्नबाट बञ्चित रहेका थिए । आज एक कार्यक्रमकाबिच झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सो खेल मैदानको उद्घाटन गर्नु भएको हो ।

खेल मैदान उद्घाटन तथा नक आउट फ्टबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले मैदान निर्माणले शिविर भित्रको खेल विकासमा सहयोग पुग्ने बताउनु भयो । उहाँले “खेल खेलको रुपमा विकास हुन सकोस, झेलको रुपमा होईन” भन्दै प्रतियोगिताको सफलताको कामना समेत गर्नु भयो । त्यस्तै विशिष्ट अतिथि शिविर प्रमुख सुरेन्द्र राज दाहालले शिविर भित्रको खाली जमीनलाई खेल मैदानको रुपमा निर्माण गरिसँगै शिविर भित्रको खेल मैदानको अभाव समाप्त भएको बताउनु भयो ।

शिविर सचिब कृष्ण बहादुर लिङ्गदेनले खेल मैदान निर्माणमा शिविरका युवाहरुको ठूलो योगदान रहेको भन्दै मैदान निर्माण विदेशमा रहनु भएका खेल प्रेमीहरुको सहयोगले सफल भएको उल्लेख गर्नु भयो । खेल मैदान निर्माणमा सहयोग गरेको इन्टरनेशनल होम केयर एलएलसीका राम बाँनियाले शिविरभित्रको सहयोग अन्य क्षेत्रमा पनि रहेको बताउनु भयो । उहाँले प्रथम र द्धितीय उपाधी आँफूहरुको तर्फबाट उपलब्ध गराउने घोषणा गर्नु भयो ।

कार्यक्रममा शसस्त्र प्रहरी बल बेलडाँगीका प्रमुख सियाराम चौधरी, नेपाल रेफ्री संघका केन्दीय सदस्य तथा झापा जिल्ला अध्यक्ष प्रदीप बस्नेत, पथरी शिविर सचिब चम्पासिंह राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा बेलडाँगी शिविरको सेक्टर डि ए ले विजयी शुरुवात गरेको छ । उसले सिवाईसी पथरी ए लाई ४–२ ले पराजित गरेको हो । निर्धारीत समय सम्म २–२ गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा सेक्टर डि ले बाजी मारेको हो ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ११ का अञ्जन गुरुङ्ग घोषित भए । त्यस्तै दोश्रो खेलमा सेक्टर ए को टिम ए ले सेक्टर डि को टिम बी लाई एक शुन्यले पराजित गर्यो । उसको जितमा जर्सी नम्बर ६ का मनोज शेर्पा नायक बने । म्यान अफ दि म्याच समेत घोषित उनले दोश्रो हाफको १० औं मिनेटमा गोल गरेका थिए । भोलि पनि दुई खेल हुनेछन् । भोलि हुने पहिलो खेलमा सेक्टर सी को टिम बी र सेक्टर बी को टिम बी तथा दोश्रो खेलमा सेक्टर बी को टिम ए र वाईएफसी टिम सी पथरी आमने सामने हुने टिकाराम कालिकोटेले जानकारी दिनु भयो । प्रतियोगिताको आयोजना भुट्नीज युथ क्लब बेलडाँगीले गरेको हो । प्रतियोगितामा बेलडाँगी र शनिश्चरे शिविर भित्रका १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद २० हजार र उप–विजेताले १५ सँगै ट्रफी हात पार्ने छन् । फाईनल खेल २४ गते हुनेछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com