रेडियो

काठमाडौँ : काठमाडौँको चन्द्रागिरिकी सदीक्षा पौडेलले एसइईमा जिपीए ३.६ ल्याएर  पनि आत्महत्या गरेकी छन्।  एसइईको नतिजामा असन्तुष्टि जनाउँदै आएकी उनले शनिबार आत्महत्या गरेकी महानगरीय प्रहरी प्रभाव बलम्बुले जनाएको छ । ‘ए प्लस’ नतिजा आउनेमा विश्वस्त रहकेी उनले ३.६ जिपिएमात्रै पाएपछि आत्महत्या गरेकी  प्रहरीले जनाएको छ । सदीक्षा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्वुको दुरसञ्चार कार्यालय नजिकै बस्दै आएकी थिइन् । उनको स्थायी ठेगाना अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ रहेको महानगरीय प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ। पौडेलले बलम्बु माद्यमिक विद्यालयबाट एसइई दिएकी थिइन्। सदीक्षाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

Copyright © 2015-2019 Radio Jhapa 100.7 MHz