२०७७ चैत्र ३१, मंगलबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, पौष ०२, २०७७    १४:१५:०४

०२पौष,दमक/ दमक नगरपालिका वडा नं ५ निवासी प्रविण पाठकको दमक ४मा रहेको मुल घरमा अन्जान समूहले गए राती हतियार सहित प्रवेश गरेर हमला गर्ने कोसिस गरेका छन ।

गए राती ४-५ जना मास्क प्रयोग गरेर खुकुरी सहित प्रवेश गर्ने खोज्दा पाठक परिवार लगायत स्थानीयको सहयोगमा उक्त समूहलाई खेदाउन सफल भएको प्रविण पाठकले बताए ।

प्रविण पाठक

सावधानीका कारण अप्रिय घटना सकेन पाठकले बताए।यो घटना योजनाबद्द ढंगले भएको आशंका पाठक परिवारको छ। स्थानीयको सहयोगले आफू र आफ्नो परिवारलाई केही हुन नसकेको तर स्थानीय नभएको भए सिंगो परिवार माथी जे पनि हुन सक्ने रहेको छ।आफू र आफ्नो ज्यान जोखिममा रहेको पाठक परिवार बताउछन ।

घटनाको बारेमा आफूले नेपाल प्रहरीलाइ खबर गरेको र आफ्नो पालिका भित्र यस्ता घटना रोक्न शान्ती सुरक्षा र घटनाको अनुसन्धानका लागि पाठकले अपिल समेत गरेका छन । युवा अभियान्ताहरुले घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई चाडोभन्दा चाडो पक्राउ गरि कार्वाहीको माग समेत गरेका छन।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com