२०७८ बैशाख ०५, आइतबार
Close
रेडियो झापा 100.7 MHz. बिहिबार, पौष ०२, २०७७    १७:१३:४७

विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताउनु भएको छ ।

प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको उहाँले बताउनुभयो । सडक आश्रित बालबालिका मुक्त सडक बनाउने योजनाका साथ काम भईरहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ धेरै बालबालिकाको उद्धार गरि पुर्नस्थापना गरिएको छ ।’ सामाजिक विकास मन्त्रालय दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च (कोकन) ले आज विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर्नस्थापनामा सरोकारवालाको भूमिका विषयक अन्र्तसंवाद कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो ।

सडकमा आश्रित बढी बालबालिका भएका जिल्लाहरुमा केन्द्रित गरेर काम शुरु गरिने उहाँले बताउनुभयो । मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएका बालबालिकालाई विराटनगर र इटहरीमा निर्माण गरिएको आश्रम स्थलमा राख्ने गरिएको उहाँले बताउनुभयो । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेश १ लाई चाँडै सडक आश्रित सहयोगापेक्षी मुक्त घोषणा गरिने बताउनुभयो । उहाँले १३७ वटै स्थानीय तहमा हिंसा निवारण कोष स्थापना गरि १ करोड ३७ लाख बजेट पठाईसकिएको बताउनुभयो । सुनसरीको वर्जु गाउँपालिका उपप्रमुख संगीता राय, हरिनगर गाउँपालिका उपप्रमुख रिमझिम भगत, गढी गाउँपालिका उपप्रमुख राजकुमारी चौधरी र रामधुनी नगरपालिकाका उपप्रमुख सविना चौधरीले एकल महिलालाई स्वरोजगारका लागि वीउ पूँजीको व्यवस्थाको साथै बाल विवाह र हिंसा अन्त्यका लागि विभिन्न चेतनामुलक कार्यक्रम गरिएको बताउनुभयो ।

कार्यक्रममा दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति अध्यक्ष खड्गवहादुर वस्नेत, इन्सेक प्रदेश १ संयोजकसोमराज थापा, मानवअधिकार आयोग प्रदेश १ निमित्त प्रमुख गीता दाहाल, कोकन अध्यक्ष मञ्जिता उपाध्याय लगायतले बोल्नु भएको थियो ।

सम्बन्धित

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com