०३पुष,दमक/ दमकका विभिन्न सामाजिक संघ-संस्थामा आबद्ध रहेका युवाहरु संग संबिधान सभा सदस्य दिपक कार्कीले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समपन्न गरेका छन।
सो भेटघाटमा युवाहरूले
युवाको सामाजिक उत्तर दायित्व र राजनैतिक चिनतन ,राष्ट्रिय चिन्तन अनि संबिधानको रक्षा कसरी हुन्छ भन्ने बिषयमा प्रश्न गरेका थिए।
त्यसै क्रममा संबिधान सदस्य दिपक कार्कीले तपाइहरु जस्तो युवाहरू आफ्नो सामाजिक उत्तर दायित्व सम्झिदै समाज प्रती गर्दै आउनु भएको कार्यहरू सम्मान योग्य छ।अझ आगामी दिनमा धेरै कार्यहरु गर्दै जानु भन्ने शुभकामना समेत दिएका थिए।
उनले अन्त्यमा निष्कर्ष चाहि फेरी पनि यहि हो”देशको राजनैतिक परिबेश/सत्ता दोश्रो पुस्ता युवाहरुको हात सुम्पिदिउ सबै आफै परिवर्तन हुन्छ।तर त्यो युवाको नेतृत्व गर्ने क्षमता अनि प्रशासन प्रती कति जिम्मेवार रहन सक्छ?त्यो मापन हुनुपर्छ अर्थात कार्यकारिणी पद्धति।”नै विकल्प रहेको बताउनु भयो।
कार्यक्रमलाई सहजकर्ताको भुमिका युवा नेता प्रवीण पाठकले प्रदान गरेका थिए।